२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
सिद्धराज राई


सिद्धराज राईका लेखहरु :

सुनिलबहादुरको कांग्रेस प्रवेश : विरासत कि बिलय

मुलुक कोरोना भाइरसको संक्रमणसँग जुँधिरहेको बेला राप्रपाका महामन्त्री सुनिलबहादुर थापा आफ्ना केही विश्वासपात्रसहित कांग्रेसमा प्रवेश गरेर राजनीतिक माहोल तताउने कोसिस भयो । तर नेकपा भित्रको अन्तरकलह र कोरोना भाइरसको बढ्दो ग्राफले उनको राजनीतिक दल परिवर्तनको विषय चर्चा बाहिर रह्यो ।

वढाङ्मी : छोरीचेलीलाई ६ दिन छुट्टी

बुढाहाङका ६ छोरी थिए। उमेर पुगेपछि उनीहरूले मनोरञ्जनका लागि बुवासँग अनुमति मागे। बुढाहाङले उनीहरूलाई ६ दिन छुट्टी दिए। छुट्टी पाएपछि उनीहरू आँखिसल्लाको टप्पु भन्ने ठाउँमा वनभोज खान गए, विभिन्न जीवजन्तु र चराचुरुंगीको नक्कल गरी रमाए। उनीहरूको नाचलाई फेरि स्थानीयले देखे र नक्कल गरे।

बेलायत अनुभव

काठमाडौ आएपछि पुस्तक पढ्ने बानी लागेको छ। पढेको विषयलाई लेखिन्छ। यही मेसोमा भावेश भुमरी अर्थात् जुद्धबहादुर पुनमगरको नियात्रा ‘भिसाको रङ’ पढ्ने मौका मिल्यो। अनामनगरको फुपूको ग्रीन टि हाउसमा चिया पिउदै गर्दा इलामका गीतकार एवं रेडियोकर्मी तुलसी बस्नेतले यो पुस्तक उपहार दिए।

बाल मनोविज्ञानको तस्बिर

लेखक डि.आर. ‘तिलस्मी’ उपन्यास लिएर आएका छन्। बालमनोविज्ञान, सामाजिक परिवेश र युवाको अठोट शक्ति भए परिवर्तन सम्भव छ भन्ने देखाएको छ यसले। उपन्यासलाई पठनीय बनाउन, शिक्षा, स्वास्थ्य, फेसन र खेलकुदलाई पनि चट्नीका रूपमा राखिएको छ। उपन्यासकार लेख्छन्ः ‘एउटा युवाले लक्ष्य प्राप्तिका लागि गरेको त्याग, समर्पण, अरूका लागि प्रेरणा बन्न सक्छ। कल्पनाको यो तस्बिरभित्र बाल मनोविज्ञान, पारिवारिक संस्कार, सकारात्मक सोच, इच्छाशक्ति र असल युवाको संगतले कायाकल्प भएको देखेँ र लेखे।’

पत्रकारिता सिकाउने पुस्तक

पत्रकारिताको पाठ्यसामग्रीका रूपमा एकराज पाठकको ‘आमसञ्चार र पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ। पैरबी प्रकाशनले छापेको पुस्तकले सैद्धान्तिक ज्ञान फराकिलो बनाउन सहयोग पु-याउँछ।

डलर टिप्नेहरूका कथा

दाजु गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरू’ले डलर टिप्न हङकङ हिँडेका नेपालीको कथा बोकेको छ। संखुवासभाको मादीमा जन्मेका गुरुङ हाल हङकङमा बसोबास गर्छन्। यो पुस्तकमा उनले  भोगेका, देखेका र अनुभूत गरेका विषय पस्केका छन्।

हिमालपारी पुगेपछि...

दसैं नजिकिँदै थियो । घरजाने तयारी गर्नु पर्ने थियो तर मैले हिमालपारीको जिल्ला मनाङ जाने तयारी गर्नु प-यो । निम्तो थियो–मनाङ एग्रोको । रिपोर्टिङमा नगएको करीब ७ महिना पुगेको थियो ।

एग्रो मनाङको स्याउ बगैंचामा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुगेका छन् ।

तीन भाषामा चाम्लिङ शब्दकोष

धेरै भाषा लोप हुँदै गइरहेको बेला किरात राई चाम्लिङ खाम्वातिमले चाम्लिङ भाषाको शब्दकोष प्रकाशन गरेको छ।

ब्रेकफेल भएको ट्रकले किच्दा २ मजदुरको ज्यान गयो

ब्रेक फेल भएको ट्रकले किच्दा मंगलबार धनकुटामा २ जना सडक मजदुरको मृत्यु भएको छ।

‘संघीयताको मर्म अनुसार प्रदेशको नाम र राजधानी तोकिने’

प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नामाङ्कन संघीयताको मर्म अनुसार तोकिने बताएका छन्। धनकुटा महोत्सव उद्घाटन समारोहमा बोल्ने सबै बक्ताले धनकुटा राजधानी बनाउन माग राखेपछि मुख्यमन्त्री राईले प्रदेश सरकार र संसदले छलफल र बहस गरेर सबै जनताको भावनालाई सम्बोधन गर्नेगरी राजधानी र नामङ्कन गर्ने बताए।

फेसबुकको सहयोगमा खेल मैदान

सामाजिक सञ्जालको मद्दतले संकलन भएको रकमले धनकुटाको सिधुवाबजारमा खेलमैदान निर्माण भइरहेको छ। सामाजिक सन्जाललाई दुरुपयोग भएर बेलाबखत हुने नकरात्मक टिप्पणी हुने गरेको छ। तर सिधुवाका युवाहरुले सामाजिक सञ्जालको प्रयोगले समाजलाई फाइदा पुग्ने उदाहरणीय काम गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न मिल्ने गतिलो खेलमैदान निर्माण सुरु गरेका छन्।

तोकिएको म्यादमा व्यक्तिगत घटना दर्ता गरे पुरस्कार

धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप रकम दिने भएको छ । नगर कार्यपालिकाको नवौं बैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालित निगाले सिमेन्ट उद्योग बन्द गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। स्थानीयबासीले निगाले सिमेन्ट उद्योगको गेटमा तालाबन्दी समेत गरेका छन्। आन्दोलनको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्योगको सुरक्षा दिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्