सहिद स्मारक लिगलाई पल्सरको साथ
यसै महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि पल्सर मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज एन्ड हुलासचन्द कम्पनीले मुख्य प्रायोजन गर्ने भएको छ।
यसै महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि पल्सर मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज एन्ड हुलासचन्द कम्पनीले मुख्य प्रायोजन गर्ने भएको छ।
बौद्ध–महाँकाल चोकमा रहेको छ, ‘ज्ञात–अज्ञात सहिद पार्क’ । पार्क नेपालका ज्ञात–अज्ञात सहिदको नाममा खुलेको हो ।
प्रदेश नं. ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ।
जिल्लाको देउमाई नगरपालिका–२, चित्रेस्थित सहिद रत्नकुमार बान्तवाको जन्मस्थलमा पर्यटक आकर्षित हुन थालेका छन्। भौगोलिक रूपले निकै दुर्गम भएपनि रत्नकुमारजस्ता प्रतिभा जन्माएको चित्रेमा सडक यातायातसमेत सहज हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो।
यस वर्षको सगरमाथा आरोहण सिजन सुरुवात भएसँगै स्काउट लिडर प्रकाशराज पाण्डेले चार सहिदको तस्बिर चुचुरोमा पु-याउन आरोहण गर्ने भएका छन्।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नागरिकले आफूहरूलाई सहिदको सपना पूरा गर्ने जिम्मेवारी दिएको बताएका छन्। उनले सहिदले देखेको समानता र न्यायमा आधारित आर्थिक क्रान्तिको सपना पूरा गर्न अझै बाँकी नै रहेको बताए।
प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकले सहिदहरूको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय लिएको छ।
विस २०५२ साल फागुन १ गते औपचारिक भुमिगत भएको माओवादीले रोल्पाका केही ठाउँमा औपचारिक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएपनि सुनसान रह्यो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने थवाङमा ठुलै कार्यक्रम ग-यो।
सरकारले सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले द्वन्दकालमा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, निजामति कर्मचारी र शिक्षकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए।
प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ। अर्को बैठक माघ २९ गतेलाई बोलाइएको छ। यस्तै सभामुखको निर्वाचनको मिति फागुन २ गतेलाई तोकिएको छ।
हाम्रो घरअगाडि झ्याम्म परेको निमपत्ताको रूख मेरा लागि कथाको पहिलो पाठशाला भइदियो, जहाँ गर्मी महिनामा बा नासो कथासंग्रहका कथाहरू स्वस्थानी वाचन गरेझैँ पढ्नुहुन्थ्यो, ‘चञ्चलाश्री भईकन पनि देवीरमणका सन्तान थिएनन् । सन्तान होस् भन्नका लागि देवीरमणले चौतारो चिने, हरिवंश पुराण लगाए । तैपनि सुभद्राको कोख सफल हुन सकेन... !’
पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ । २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।
प्रत्येक वर्ष माघ १६ गते आउने सहिद दिवसमा हाम्रा अग्रजको बलिदानप्रति श्रद्धाले नमन गरिन्थ्यो । अहिले आएर त्यो परम्परामा अनोठो किसिमले उदासीनता छाउन थालेको छ । व्यक्तिगत स्वार्थ र सुविधाभन्दा मुलुक र मुलुकबासीका सपनालाई हृदयमा बोकेर हाँसीहाँसी मृत्युवरण गर्न तयार भएका ती वीरहरूको बलिदान सम्झँदा पनि छाती ढक्क फुलेर आउँछ ।
सशस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले गत साता सहिद घोषणा गरेको छ । चितवनबाट २०७० सालमा चुनाव जितेर अहिलेको कामचलाउ सरकारका वनमन्त्री विक्रम पाण्डेको पहलमा सहिद घोषणा भएको भनिएको छ।