८ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘पर्ख र हेर’ को मनस्थितिमा म्याग्दीका पाका मतदाता

दुवै पक्षका उम्मेदवारले आफ्नो जित निश्चित भएको जिकिर गर्दै आएका छन्। सत्ता गठबन्धनतर्फका उम्मेदवार गर्बुजाले म्याग्दीमा विसं २०५६ यता कम्युनिष्टले एकक्षत्र राज गर्दै आएको र कम्युनिष्टको यो किल्ला यस पटकको निर्वाचनबाट ढल्ने बताएका छन् भने एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनकै समर्थकको भोटले आफूले चुनाव जितेर देखाउने चुनौती गर्बुजालगायत गठबन्धनका नेतालाई दिएका छन्।

जितेर गएपछि मुखै देखाउँदैनन् नेताहरू

पाँच वर्ष पहिले हाम्रो क्षेत्रबाट उम्मेदवारले चुनाव जितेर गएपछि हाम्रा समस्याबारेमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बेरोजगारलगायतका समस्या छन्, त्यसमा नेताहरूको ध्यानै गएन।

स्वतन्त्रले जित्न नसकेको २०५६ को निर्वाचन

२०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन। स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो।

निर्वाचन आयोगले दियो डा. तोसिमा कार्कीको उमेदवारी कायम गर्ने अन्तरिम आदेशविरूद्व निवेदन

शुक्रबार अदालतको अन्तरिम आदेश खारेज गर्न आयोगले निवेदन दिएको हो।

बाजुरामा हेलिकप्टरमार्फत् मतपत्र आइपुगे

बाजुरा हिमाली जिल्लाको सूचीमा रहेकोले निर्वाचन आयोगले हेलिकप्टरमार्फत् मतपत्र ढुवानी गरेको हो। नौ वटै पालिकाका ७० वटा मतदान स्थलकामा आवश्यक मतपत्र बाजुरा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

ताप्लेजुङको सिरिजंगामा भएको नमूना मतदानमा पाँच प्रतिशत मत बदर

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशत र प्रत्यक्षतर्फ साढे ५ प्रतिशत मत बदर भएको थियो। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार तेल्लोक माध्यमिक विद्यालयमा भएको नमूना मतदानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५८ जनाले मतदान गरेकोमा २ मत बदर भएको थियो। ५६ मत सदर भएको थियो।

‘आश्वासनका पुला खन्याउँछन्, सिन्को भाँच्दैनन्’

उम्मेदवारहरूले स्थानीय जनताले भोगिरहेका समस्या समाधान, विकासका विभिन्न योजना ल्याउनेदेखि देश बचाउने, देशको समृद्धिलगायतका आश्वासनका पुला खन्याउने गरेका छन्।

जिविस २०५४, भोजपुरबाट राई मात्र उपसभापति निर्वाचित

रुकुम जिल्लाका ७० प्रतिशतभन्दा बढी गाउँ विकास समितिका पदहरू रिक्त रहेको र अन्य जिल्लाका पनि कतिपय गाउँ विकास समितिको निर्वाचन हुन नसकेबाट एक विकास क्षेत्रको स्थानीय निकाय निर्वाचन एकैपल्ट सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान भएकाले ती जिल्लाका जिल्ला विकास समिति निर्वाचन स्थगित गरी बाँकी जिल्लाका जिल्ला विकास समितिका निर्वाचनहरू उक्त मितिमा सम्पन्न भएका थिए।

पाका उम्मेदवारसँग भिड्दै मानुषी

पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन्।

घोषणामै सीमित घोषणापत्र

सामान्यतः निर्वाचनमा भाग लिनुअघि तयार पार्नुपर्ने मुख्य दस्ताबेज घोषणापत्र हो।यसले सम्बन्धित दलको आगामी कार्यदिशा निर्धारण हुन्छ।त्यो काम पूरा गर्न सक्ने उम्मेदवार त्यसै आधारमा चयन गर्न कोसिस हुन्छ।हामीकहाँ निर्वाचन घोषणापत्र सबै भन्दा कम प्राथमिकताको विषय हो ।

आयोगलाई भारतद्वारा सवारीसाधन हस्तान्तरण

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपाललाई भारत सरकारले ८० स्करपियो गाडी प्रदान गरेको छ।

मतदाता शिक्षासहित निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन सञ्चारकर्मीसँग सहयोग माग

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रमा जिल्ला न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले आवधिक निर्वाचन लोकतन्त्रको आधार भएको बताउँदै यसलाई निष्पक्ष र पारदर्शी बनाउन सरोकारवालाको भूमिका बलियो हुने बताइन्।

बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन्।

नवलपरासी पूर्वमा १३ मतदानस्थल अतिसंवेदनशील

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

भक्तपुरमा मतदाता शिक्षा सुरु, ४८ स्वयंसेविका परिचालन

कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा आम सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्