७ आश्विन २०८१ सोमबार
image/svg+xml

आधार क्षेत्रमै मधेसकेन्द्रित दल कमजोर

मधेसलाई आफ्नो आधारभूमि बताउने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेस र एमालेले नेतृत्व गरेका अलगअलग गठबन्धनसँग चुनावी तालमेल गरेका छन्।

चासो र चर्चाका ३० क्षेत्र

निर्वाचन परिणामबारे सबैतिर चासो बढ्न थालेको छ। प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ १ सय ६५ र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव हुँदै छ।

मतदाताको जिम्मेवारीपूर्ण मत

निर्वाचनमा मतदाताले गर्ने निर्णय बुद्धिमत्तापूर्ण हुनुपर्छ। सही निर्णय भएन भने फेरि पाँच वर्ष खेर जान्छन्।

चितवनमा भोलिदेखि मतदान कार्यमा प्रयोग हुने सामान वितरण गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खटिने मतदान अधिकृतलाई मतदान कार्यमा प्रयोग गरिने सामान भोलिदेखि वितरण गरिने भएको छ।

जुम्ला २ 'ख' मा त्रिपक्षीय रोचक प्रतिस्पर्धा, स्वतन्त्रको डर

सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री पदम रोकाया, नेकपा एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्देशन

मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ ब्मोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो।

निर्वाचनविरुद्ध प्रचारप्रसार गर्ने सातजना पक्राउ

उनीहरूलाई महोत्तरीको बलवा- ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

मतदान केन्द्रमा सियो, धागोदेखि सुतलीसम्म, अरु के–के ?

मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रमा ७२ प्रकारका चुनावी सामाग्री प्रयोग हुने भएका छन्।

गण्डकीमा चासो र चर्चामा छः दोस्रो प्रदेशसभाको निर्वाचन

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङलगायत नेता यही प्रदेशमा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा रहेका कारण पनि यतिखेर गण्डकीको निर्वाचनलाई महत्वका साथ हेर्न थालिएको छ।

निर्वाचनः चर्चामा रुपन्देही–२

जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ। गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार हुन् भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र नं २ मा प्रतिस्पर्धामा छन्।

पर्यटक उम्मेदवारलाई काठमाडौँका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल

मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन्।

विकासको लागि मेरो जित आवश्यक छ: विनोद चौधरी

नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका हुन्।

राजनीतिमा धनको हावी भए युवाहरुको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए।

रोल्पाको सुरक्षा व्यवस्था चुस्त

जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँच सहित रोल्पा नगरपालिकामा दुई छन्।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कर्णाली आउँदै

देउवा र प्रचण्डले सुर्खेत र दैलेखमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्