१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनीतिमा धनको हावी भए युवाहरुको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

फाइल तस्बिर।

पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताएका छन्।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरुमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले राजनीतिमा धनको हावी भएमा युवाहरुको राजनीतिक भविष्यसमेत समाप्त हुने जिकिर गरे। उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए। आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको उनको भनाइ थियो।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताए। चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदान समेत दिँदै हिडेको आरोप लगाउँदै उनले आचांरसंहीता उल्लघंन भएको बताए। प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता धनाढ्यको जितले भविष्यमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दाबी गरे। जनताहरुले चौधरीलाई पाहुनाको रुपमा मात्र चिनेको भन्दै चुनाव नजित्ने उनको दाबी छ।

यस्तै नेकपा एमालेकी नेतृ एवम पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले जप्रपा, नेकपा एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफूहरुले चुनाव जित्ने दाबी गरिन्।

निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन्।

प्रकाशित: २९ कार्तिक २०७९ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App