१० असार २०८३ बुधबार
image/svg+xml
अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५  रुपैयाँ निर्धारण भएको छ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री हुँदै छ।

प्रकाशित: १० असार २०८३ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App