७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचनविरुद्ध प्रचारप्रसार गर्ने सातजना पक्राउ

निर्वाचनविरुद्धमा प्रचारप्रसार गर्दै हिड्ने सात जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई महोत्तरीको बलवा- ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री र उनीहरुले प्रयोग गरेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित: २९ कार्तिक २०७९ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App