५ आश्विन २०८१ शनिबार
image/svg+xml

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।

भोजपुरमा टाइम वम विस्फोट पछि दोहोरो भिडन्त, दुई प्रहरी घाइते

भोजपुरमा दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो। टाइमबम समेत पड्किएको छ। टाइम वमको छर्रा लागेर एक जना घाइते भएका छन्।

बम विस्फोटमा बल्लबल्ल बाँचें: रामचन्द्र पौडेल

निर्वाचन विरोधी समूहको आक्रमणमा परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले उम्मेदवारको भरपर्दो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो गरेका छन्।

रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै बम विस्फोट

कांग्रेस नेता रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै तनहुँमा प्रेसर कुकर बम विस्फोट गरिएको छ । विस्फोटमा परेर पौडेल चढेको गाडीमा सामान्य क्षति पुगेको छ।

रौतहटमा बम विस्फोट, ८ घाइते

रौतहटको चन्द्रपुर नगरपालिकामा बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिक भएको  वाम गठबन्धनको वडा भेला स्थल नजिकै उक्त बम विस्फोट गराइएको हो।

ओखलढुंगामा बम विस्फोट

वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी शनिबार बिहान बम विस्फोट गरिएको छ।

ओनसरी घर्ती र कृष्णबहादुर महरा चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

निर्वतमान सभामुख ओनसरी घर्ती, माओवादी नेताहरू कृष्ण बहादुर महरा, वर्षमान पुन लगायत माओवादी उम्मेद्वारहरू चढेकोे गाडीलाई लक्षित गर्दै रोल्पा सदरमुकाम नजिकै बम बिस्फोट गराइएको छ । सदरमुकाम नजिकै भदौरे जंगलको घुम्तीमा बम बिस्फोट गराइएको हो । नेताहरू दाङ हुँदै रोल्पाको चुनावी सभामा आउँदै गर्दा बिष्फोट गराइएको प्रहरीले जनाएको छ।

रामशरण महत चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

चुनावी प्रचारप्रसारमा हिडेका नुवाकोट क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको गाडीलाई लक्षित गरी शुक्रबार बिहान १० बजे बम विस्फोट गराइएको छ ।

निरन्तर विस्फोट

निर्वाचन प्रचारप्रसारमा व्यस्त उम्मेदवारलाई लक्षित गरी निरन्तर भइरहेका विस्फोटदेखि भौतिक आक्रमणसमेतका घटना रोकिने संकेत देखिएको छैन । निरन्तर भइरहेका यस्ता घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन ।

बाबुराम-नारायणकाजी उठेको क्षेत्रमा बम विस्फोट

गोरखा क्षेत्र नम्बर २ को सिरदी खोला पुल नजिकै बम विस्फोट भएको छ। गोरखा नगरपालिका ११ पर्ने सिरदी खोलाको पुल नजिकै सडकमा बम विस्फोट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट

बागलुङको गल्कोट नगरपालिका हटियामा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिक बम बिस्फोट भएको छ। गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रमस्थल नजिकै पछाडिपट्टिको डम्पिङ साइटमा विस्फोटको चर्को आवाज आएको स्थानीय रामबहादुर जिसीले बताएका छन्।

पूर्वमन्त्री पुन चढेको गाडीमा बम विस्फोट

चुनावी प्रचार प्रसारमा हिडेका माओबादी नेता तथा पूर्वमन्त्री वर्षमान पुनको गाडी एम्बुसमा परेको छ । बिहान करिब १०ः३० बजे जिनावाङको सुखाओढारबाट घर्तिगाउँ तिर आउदै गर्दा माडिगाउँपालिका १ भित्ताबाङमा एम्बुसमा परेको हो । करिब ५० मिटर टाढाबाट तार ओच्छाएर एम्बुस पड्काइएको थियो । एम्बुस बिष्फोट हुँदा पुनको गाडीमा सामान्य क्षति पुगेको छ ।

पोखरामा सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा बुधबार दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन्।

पटाका कारखानामा विस्फोट हुँदा सातको मृत्यु

पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ।

चुडामणि शर्माको घरमा कसरी भयो विस्फोट प्रयास? (फोटो फिचर)

आइतबार राति कृष्ण खड्काको परिवार खाना खाएर सुतिसकेको थियो। उनी बुढानिलकण्ठ नगरपालिका वडा नं. २ महादेव खोला टोलका बासिन्दा हुन्। उनको घरसँगै एउटा कम्पाउन्ड भएको घर छ। चारैतिर पर्खाल लगाइएको त्यो घर मासिक करिब ४० हजार तलब थाप्ने राष्ट्रसेवक सहसचिव चुडामणि शर्माको हो। सधैँ झै आइतबार साँझ शर्मा परिवार खाना खाएर सुत्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्