५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुडामणि शर्माको घरमा सिलिन्डर विस्फोट गराउने प्रयास

भ्रष्ट्राचारको आरोपमा केही समय अगाडि अख्तियारको अनुसन्धान घेरामा परेका चुडामणी शर्माको बुढानिलकण्ठस्थित घरको गेटमा २ वटा ग्यास सिलिन्डर फेला परेका छन्।

नगरपालिकाका उम्मेद्वारको  घरमा बम विस्फोट

तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ।

उत्तर कोरियाली मिसाईल जापानी आकाशमा विस्फोट

मंगलबार बिहान उत्तर कोरियाले परीक्षण गरेको मिसाईल व जापानको समुन्द्र सतहमा खसेको छ। उक्त मिसाईल जापानको उत्तरी क्षेत्रमा पर्ने टापु हकाइदोको करिब ३००० किलोमिटरको उचाई सम्म पुगेर समुन्द्रमा खसेको थियो ।

सप्तरीमा बम विस्फोट हुँदा चार प्रहरी घाइते

सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ।

विस्फोटक पदार्थसहित सञ्चारकर्मी पक्राउ

रौतहटमा प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । विस्फोटक पदार्थसहित दुई जना गेस्ट हाउसमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चन्द्रपुर नगरपालिका रहेको सुदर्शन होटलबाट ३० थान जिलेटिन, २२ थान डिटोनेटर र चार फिट फ्यूज सहित सञ्चारकर्मी र अर्का एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताएका छन् ।

काबुलमा विस्फोटमा ८० जनाको मृत्यु

अफगानिस्तानको काबुलमा बम विस्फोट हुँदा कम्तीमा ८० जनाको मृत्यु भएको छ भने ३०० जना घाइते भएका छन् । बम विस्फोट काबुलस्थित बेलायती दूतावास नजिकै भएको थियो।

अफगानिस्तानको आत्मघाती विस्फोटमा पाँच नेपाली घाइते

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इराकमा बम विस्फोट हुँदा १३ को मृत्यु

इराकको राजधानी बग्दाद नजिकै एक आइस् क्रिम पसल बाहिर बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्।

भक्तपुरमा शक्तिशाली बम विस्फोट

शुक्रबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ। बम विस्फोटबाट राप्रपा नेता माधव खत्रीको घरमा क्षति पुगेको छ।

सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट

लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा बिहिबार बम विस्फोट भएको छ। दिउँसो करिब १२ बजे कार्यालयको पहिलोतल्लामा रहेको सार्वजनिक शौचालयमा भएको बम विस्फोटबाट कार्यालयको झ्यालका सिसाहरु फुटेका छन्। शौचालयसँगैको कार्यालय प्रमुख कक्ष र प्राविधक कक्षको भित्ता चर्किएका छन्।

यातायात व्यवस्था कार्यालय लहानमा बम विस्फोट

अज्ञात समूहले बिहीबार दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ ।

हेटौँडामा सिलिन्डर बम विस्फोट

हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ऋषभको विस्फोटक ब्याटिङ

ऋषभ पन्तले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग(आइपिएल)मा गुजरात लायन्सलाई ७ विकेटले हरायो।

नेटोलक्षित शक्तिशाली विस्फोटन

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित बुधबार शक्तिशाली विस्फोट भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्