५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बाबुराम-नारायणकाजी उठेको क्षेत्रमा बम विस्फोट

गोरखा- गोरखा क्षेत्र नम्बर २ को सिरदी खोला पुल नजिकै बम विस्फोट भएको छ। गोरखा नगरपालिका ११ पर्ने सिरदी खोलाको पुल नजिकै सडकमा बम विस्फोट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीका अनुसार बम विस्फोट भएको खबर स्थानीबाट आएको बताएका छन्। उनले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताए।

सुरक्षाको दृष्टिकोणले अति संवेदनशील भनिएको उक्त क्षेत्रमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका बाबुराम भट्टराई चुनावमा भिड्दैछन्।

 

प्रकाशित: ३० कार्तिक २०७४ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App