६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

बजेटलाई चेम्बरको सुझाव: आर्थिक पुनरुत्थानलाई प्राथमिकता

नेपाल चेम्बर अफ कमर्सले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएको छ। चेम्बर अध्यक्षराजेन्द्र मल्लसहितका पदाधिकारीले सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि सुझाव दिए।

२०७७ काे अर्थतन्त्र सुखद रहेन, आर्थिक वृद्धि ऋणात्मक

वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ। कोभिड–१९ का कारण अन्य क्षेत्रमा नकारात्मक असर परे पनि पुँजी बजार र डिजिटल भुक्तानीमा भने उत्साह देखिएको छ।

वायु प्रदूषणः २८ हजार हवाई यात्रुको उडान रोकियो, होटलको अकुपेन्सी घट्यो

वायु प्रदूषणले मानव स्वास्थ्यमा असर त पर्छ नै यसले आर्थिक रुपमा पनि नोक्सानी पुर्‍याएको छ । तर, वायु प्रदूषणका कारण आर्थिक रुपमा परेको नोक्सानीको भने चर्चा कमै हुने गरेको छ ।

आर्थिक अभावमा कुपोषित बालिका

कुपोषणको सिकार बनेकी सुमित्रा नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ। १८ महिनाकी नेपाली तीन महिनादेखि कुपोषणकै कारण थला परेकी छिन्। तर उपचारका लागि परिवारसँग आर्थिक स्रोत अभावकै कारण उपचारमा समस्या भएको हो।

आर्थिक असमानताको खाडल

मुलुकमा आर्थिक असमानताको खाडल गहिरिँदै गएकोमा धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर दुःखको कुरा के हो भने त्यो खाडल पुर्नका लागि भने कसैले पनि प्रभावकारी पहल गरेका छैनन्, न व्यक्तिले, न समुदायले र न राज्यले । असमानता घटाउने प्रतिबद्धता दोहोर्‍याउँदै आए पनि त्यस्तो प्रतिबद्धता पूरा गर्ने कार्यमा सरकार पूर्णतः सक्षम र सफल हुन सकेको छैन । त्यसैले आर्थिक असमानता घटाउने कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।

चालु खाता एक खर्बले घाटामा

चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा चालु खाता एक खर्ब एक अर्ब ९० करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६ अर्ब रूपैयाँले घाटामा थियो। चालु आवको सुरुदेखि नै बचतमा गएको चालु खाता मंसिरपछि घाटामा जान थालेको हो। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेकोे विवरण अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता यस अवधिमा ८७ करोड १० लाखले घाटामा छ।

नागरिक लगानी कोषको सहयोग

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषका निमित्त कार्यकारी निर्देशक इन्द्रकुमार कट्टेलले सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

‘सबल आर्थिक पक्षले मात्र दिवसको सार्थकता’

सोमबार विश्वभर १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपाली श्रमिक महिलाले भने दिनभर शारीरिक परिश्रम गरेरै दिन बिताए। न उनीहरूले यो दिनको खास भेउ पाए न श्रीमान्को व्यवहारमा परिवर्तन नै।

मुलुकको जिडिपी ४० खर्ब नजिक

विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ।

राजस्व अनुसन्धान विभाग: ३३ महिनामा ७८० विरुद्ध मुद्दा

विभागले यो अवधिमा आधा खर्ब रूपैयाँभन्दा बढी राजस्व तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरेको छ। ३३ महिनामा दुई सय २० मुद्दामा सात सय ८० जना विरुद्ध राजस्व अपचलनतर्फ ३६ अर्ब ३१ करोड रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको मैनालीले बताए।

हरित बैंकिङको हिसाब

समग्र विश्व नै आज विकासको दिशातर्फ दु्रत गतिले अग्रसर छ । विकास गर्ने क्रममा सञ्चालन गरिने यावत् गतिविधिले प्राकृतिक सम्पदाको अत्यधिक दोहन गरिरहेका हुन्छन् जसको फलस्वरूप दीर्घकालमा सो विकास नै विनाशमा परिणत हुने गर्छ । यो दिगो विकास होइन । आजको आवश्यकता दु्रत आर्थिक विकास भन्दा पनि दिगो आर्थिक विकास हो । दिगो आर्थिक विकासका लागि आर्थिक विकासका सबै सम्वाहक वातावरणमैत्री ढाँचामा ढालिएर निश्चित नीति नियमबाट निर्देशित हुनुपर्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: एक लाख तिरे कुर्सीमा नाम

फाउन्डेसनले रंगशाला निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने अभियान सार्वजनिक गरेको हो। अभियानअन्तर्गत रंगशालामा आफ्नो नामको कुर्सी राख्नका लागि निर्माणमा १ लाख रूपैयाँ सहयोग गर्नुपर्नेछ।

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

भागरथीको बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो। उक्त समाचार आएपछि सुदूरपश्चिम समाज कोरियाले गत माघ २५ गतेदेखि ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभियान सुरु गरेको थियो। उक्त अभियानमा कोरियामा रहेका १ सय६९ सहयोगीहले स्वःस्फूर्तरूपमा सहयोग गरेका थिए।

आगामी वर्षबाट हामी ‘डबल डिजिट’ वाला आर्थिक वृद्धिदर हासिल गर्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट नेपालले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दाबी गरेका छन्। गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको बताएका हुन्।

चिनियाँ च्याम्पियन क्लब बन्द

चाइनिज सुपर लिग (सिएसएल) च्याम्पियन ज्याङ्सु एफसीले देशको फुटबल क्षेत्रमा देखा परेको आर्थिक समस्या देखाउँदै आइतबार क्लब बन्द गर्ने निर्णय गरेको छ। ज्याङ्सु तीन महिनाअघि मात्र पहिलो पटक सिएसएल च्याम्पियन बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्