२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नागरिक लगानी कोषको सहयोग

नागरिक लगानी कोषले निःसहाय सेवा सदन जेष्ठ नागरिक आवासगृहलाई दुई लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषका निमित्त कार्यकारी निर्देशक इन्द्रकुमार कट्टेलले सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। 

सो अवसरमा निमित्त कार्यकारी निर्देशक कट्टेलले कोषले प्रदान गरेको रकमले बृद्ध–बृद्धालाई बुढेसकालमा आफूलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए। 

कोषले ३१औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो। कोषकोे ३१औं वार्षिकोत्सव आगामी ४ चैतमा रहेको छ। सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०७७ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App