१७ असार २०८१ सोमबार
image/svg+xml

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई युरोमनी अवार्ड

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि ‘युरोमोनी अवार्ड फर एक्सिलेन्स २०२३’ बाट सम्मानित भएको छ।

हिमालयन डिस्टिलरीलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२२’ अवार्डबाट सम्मानित भएको छ।

एसबिआई बैंक ब्रोन्ज अवार्डबाट सम्मानित

नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (नेसनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट अवार्ड-२०२२ ) बाट सम्मानित भएको छ।

सावित्रालाई स्कुटर हस्तान्तरण

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट महिला खेलाडी बनेकी सावित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो।

एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड: वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो।

पोखरा स्पोर्ट्स अवार्ड २०७९: करण र सावित्रा सर्वोत्कृष्ट वर्ष खेलाडी

क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

सातौं पोखरा स्पोर्ट्स अवार्ड शनिबार

खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त) सम्मान गर्ने निर्णय गरेको छ।

पोखरा स्पोर्टस अवार्ड: प्याराग्लाइडिङका निसिमलाई कीर्तिशेष सम्मान, ह्याण्डबल उत्कृष्ट संघ

खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त)बाट सम्मानित गर्ने निर्णय गरेको छ।

थोकरले जिते अन्तर्राष्ट्रिय फोटो अवार्ड

नेपालका फोटो पत्रकार केशवराज थोकरले अन्तर्राष्ट्यि फोटो प्रतियोगिता जितेका छन्। एसियन आर्ट एसोसिएसन सिंगापुरले ओयोजना गरेको एसियन फोटो पे्रस नामक प्रतियोगिता २०२३ मा उनले दोस्रो स्थान हासिल गरेका हुन्।

पोखरा स्पोर्ट्स अवार्ड: रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्षउत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ। प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्।

पोखरा स्पोर्टस अवार्डः बक्सिङका मर्सानीलाई ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ।

अवार्डलाई सुपर मादीको साथ

कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादी हाइड्रोपावर लिमिटेड खेलकुद पत्रकार मञ्च गण्डकीसँगको सहकार्यमा जोडिएको छ।

स्पोर्ट्स अवार्डलाई टेल्जीको साथः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्ट्स अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। अघिल्लो संस्करणमा कोरोनाकै कारण उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्