१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सातौं पोखरा स्पोर्ट्स अवार्ड शनिबार

पोखरा स्पोर्ट्स अवार्डको ट्रफी सार्वजनिक गर्दै खेलकुद पत्रकार मञ्च अध्यक्षसहित अन्य खेलसँग सम्बद्ध पदाधिकारी। तस्बिरः उमेश पुन-नागरिक

खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त) सम्मान गर्ने निर्णय गरेको छ। आगामी शनिबार पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा प्याराग्लाइडिङ खेलमा पुर्याएको योगदानको कदर गर्दै थापामगरलाई कीर्तिशेष सम्मान गर्ने निर्णय गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए।  

बिहीबार अवार्डबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ खेलाडी थापाको प्रतिस्पर्धाको दोस्रो दिन निधन भएको थियो। प्रतियोगिता दौरानमै उनको निधनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शोकमा डुबेको थियो। खेलकुद पत्रकार मञ्चले थापालाई कीर्तिशेषबाट सम्मानित गर्ने निर्णय गरेको हो। मञ्चले शनिबार हुने अवार्ड कार्यक्रममा उत्कृष्ट संघबाट कास्की जिल्ला ह्यान्डबल संघलाई सम्मान गर्ने समेत निर्णय गरेको छ।  

पोखरा रंगशालाभित्र ह्यान्डलको अन्तर्राष्ट्रियस्तरको कोर्ट बनेको छ। कोर्टमा आउटडोर म्याट बिछ्याइएको छ। त्यतिमात्रै नभई ह्यान्डलबल संघले वार्षिक कार्यक्रम नै बनाई विद्यालयस्तरीय ह्यान्डबल प्रतियोगिता आयोजना गर्दै आएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पुरुष ह्यान्डबलमा स्वर्ण पदक जितेको थियो।  

आगामी शनिबार हुने अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा छ। मञ्चले सबै विधामा मनोनयन गरिसकेको छ। उत्कृष्ट संघ तथा लाइफटाइम अचिभमेन्ट अवार्डको नामसमेत सार्वजनिक गरिसकेको छ।

आगामी शनिबार हुने अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा छ। मञ्चले सबै विधामा मनोनयन गरिसकेको छ। उत्कृष्ट संघ तथा लाइफटाइम अचिभमेन्ट अवार्डको नामसमेत सार्वजनिक गरिसकेको छ। लाइफ टाइम अचिभमेन्टबाट बक्सिङका वरिष्ठ प्रशिक्षक विद्या मर्सानीलाई सम्मान गर्ने निर्णय मञ्चले गत साता मात्रै सार्वजनिक गरेको हो। उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार भने शनिबार मात्रै घोषणा हुने मञ्चले जनाएको छ।  

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन्। केसी बाग्लुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन्। उनीहरू तीन जना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आआफ्नै अड्कलबाजी हुन थालेको छ। प्रदीप खड्का र करण केसी मनोनयन भएको यो दोस्रो पटक हो। खड्का गत वर्षका उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित भइसकेका छन्। यसअगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा सितेरियो करातेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, करातेका नवीन रसायली र टेनिसका प्रदीप खड्का रहेको मञ्चले जनाएको छ।  

महिलातर्फ फुटबलर सावित्रा भण्डारी दोस्रो पटक उत्कृष्ट खेलाडीको सूचीमा परेकी हुन्। उनीसँगै आर्चरीकी रोजिना थापामगर, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर छन्।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन्।  

उदीयमान खेलाडीतर्फ भलिवलका रवि केसी, फुटवलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन्। वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ, लन टेनिसका नीरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन्। वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रूपैयाँको साथमा ट्रफी पाउनेछन््। उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकालाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ। वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रूपैयाँको साथमा ट्रफी पाउने छन्।

प्रकाशित: २२ वैशाख २०८० ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App