१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

थोकरले जिते अन्तर्राष्ट्रिय फोटो अवार्ड

नेपालका फोटो पत्रकार केशवराज थोकरले अन्तर्राष्ट्यि फोटो प्रतियोगिता जितेका छन्। एसियन आर्ट एसोसिएसन सिंगापुरले ओयोजना गरेको एसियन फोटो पे्रस नामक प्रतियोगिता २०२३ मा उनले दोस्रो स्थान हासिल गरेका हुन्।

महिला अधिकार विधाअन्तर्गत उनको फोटो कथा पुरस्कृत भएको हो। उनको फोटो कथा काठमाडौंको एक गुम्बामा रहेका बौद्धधर्मी भिक्षुणीहरूले शताब्दीऔंदेखि महिलामाथि हुने गरेका विभेद अन्त्य गर्न र लैंगिक समानता प्रवद्र्धन गर्न गरेको प्रयाससम्बन्धी रहेको थियो।

एसियास्तरको यो प्रतियोगितामा हरेक विषयवस्तुका विजेतालाई एक हजार सिंगापुर डलर दिइएको छ। थोकर नेपालबाट यो प्रतियोगिता जित्ने पहिलो व्यक्ति हुन्। ‘मलाई यो प्रतियोगितामा दोस्रो स्थान जित्दा खुसी लागेको छ। योभन्दा बढी नेपालका फोटो पत्रकारहरू पनि अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भिड्न सक्छन् र यसले आफ्नो कामको पहिचान हुन सक्छ भन्नेमा गर्व महसुुस भएको छ’, थोकरले भने। प्रतियोगितामा बंगलादेशका फोटो पत्रकारले पहिलो स्थान हात पारेका छन्। यस प्रतियोगिताको निर्णायकमण्डलमा ताइवानका चुङ यी चिही, बंगलादेशका महमद राकिबुल हसन र फाबेहा मोनिर, हङकङका ब्रुस लि, फिलिपिन्सका जिम्मी डोमिङ्गो, टर्कीका इम्रे कुहेलान र भारतका रोहित भोरा रहेका छन्।

प्रकाशित: १९ वैशाख २०८० ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App