१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

अवार्डलाई सुपर मादीको साथ

कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादी हाइड्रोपावर लिमिटेड खेलकुद पत्रकार मञ्च गण्डकीसँगको सहकार्यमा जोडिएको छ। मञ्चले आगामी वैशाख २३ गते शनिबार आयोजना गर्ने सातौं पोखरा स्पोट्स  अवार्डअन्तर्गत लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन गर्दै सहकार्य गरेको हो।  

सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगाना र मञ्चका अध्यक्ष दीननाथ बरालबीच शुक्रबार सहमति भएको मञ्चले उल्लेख गरेको छ। सुपरमादी कास्कीकै ठूलो जलविद्युत् परियोजना हो। सुपरमादी ४४ मेगावाटको हो। पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ।  

प्रकाशित: १६ वैशाख २०८० ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App