१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड: वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो।  

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ।

अवार्डको सारथी अस्पताल वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन्। चन्दको प्रशिक्षणमा सुदूरपश्चिमले ९ औं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण पदक जितेको थियो। सुदूरपश्चिमले जितेको १० स्वर्ण मध्ये ५ स्वर्ण जिताउने प्रशिक्षक चन्द हुन्। उनकै प्रशिक्षणमा नेपालले १३ औँ दक्षिण एसियाली खेलकुदमा संगीता धामीले ३६ वर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदक जिताएकी थिइन्। ९ औँ राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदक जिताउने प्रशिक्षक हुन जीवन गौतम। भारात्तोलनमा उनको प्रशिक्षणमा सुदूरपश्चिमले भारात्तोलनमा तीन स्वर्ण पदक जितेको थियो।

क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यु १९ विश्वकपको लागि छनोट भएको छ। उनले ८ वर्षपछि नेपाललाई यु १९ विश्वकपमा पु¥याएका हुन्। उनकै नेतृत्वमा नेपाली महिला क्रिकेट टिमले पनि विभिन्न प्रतियोगिता खेलेको थियो। निसर्ग हस्पिटल वर्ष युवा खेलाडीको मनोनयनमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन्। पालले ९ औँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका छन्। उनले पहिलो सहभागिताको राष्ट्रिय खेलकुदमा १७ वर्षको उमेरमा स्वर्ण पदक जितेका हुन्। अनुले उमेर समूहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएकी छिन्। उनले यु १९ विश्वकप महिला एसिया छनोटमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो। उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगद रसुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित: २५ जेष्ठ २०८० १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App