२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

माधवको समीक्षा: ..नभए हाम्रो हालत 'भीम रावल'जस्तै हुन्थ्यो !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा आफू संसारमै सबैभन्दा बढी जान्ने छु भन्ने अहङ्कार रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीकै त्यही अहंकारका कारण समस्या सिर्जना भएको बताएका हुन् । 

‘केपी ओली जीले आफूभन्दा जान्ने यो संसारमा कोही जन्मेको छैन, ठान्नुहुन्छ । ज्ञानको म एक्लो भण्डार हो । अरू त केही पनि होइनन् ठान्नुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यही अहंकारले बिग्रेको हो ।’ 

ओलीको त्यही अहंकारका कारण एमालेमा समस्या खडा भएको पनि नेपालले बताए । उनले भने,  ‘पार्टीमा समस्या खडा भयो। द्वन्द्व खडा भयो । सामूहिक ढङ्गले पार्टी चलेन । सामूहिक निर्णय गर्ने चलन हरायो, बैठकमा एक्लै निर्णय गर्न थाले, चुनौती दिने मान्छे शत्रुको कोटिमा पर्न थाले । तिनीहरूको पत्ता साफ गर्ने प्रवृत्तिको सुरुआत भयो।’ 

त्यही क्रममा आफूहरूलाई पार्टीबाट निकाल्ने निर्णय ओलीबाट भएको पनि अध्यक्ष नेपालले बताए । त्यति बेला आफूलाई तत्कालीन सभामुख अग्नि सापकोटाले जोगाइदिएको उल्लेख गर्दै उनलाई धन्यवाद दिए । 

त्यति बेला आफूले नयाँ पार्टी नखोलेको भए हालत अहिले भीम रावलको नाम नलिएर उनको जस्तै हुने सङ्केत गरे ।  ‘नभए हाम्रो हालत कतिपय साथीहरूको भएजस्तै हुन्थ्यो । रोइकराई हिँड्ने कुरा हुन्थ्यो । चुनौती दिने अवस्था हुन्न थ्यो । आज हामी चुनौती दिने अवस्थामा छौँ,’ नेपालले भने । 

प्रकाशित: २७ पुस २०८१ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App