जिल्ला अदालत, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कसुरदार रहेनछन् भन्न नसकिने पूर्णपाठमा उल्लेख गरेको छ।
यद्यपि, पछि थप प्रमाण प्राप्त भए सोबमोजिम गर्ने सर्तमा अदालतले लामिछानेलाई बिहीबार (आज) ६५ लाख धरौटीमा रिहा गरेको छ।
![](https://images.nagariknewscdn.com/2024/third-party/1736430933_Rabii.png)
'...निज दश प्रतिशत शेयर धनी भएको भन्ने देखिएको र निज शेयरधनी भएको अवधिमा सूर्यदर्शन सहकारीबाट नेचरहब्समा रकम गएको देखिनुका साथै निजको अन्य प्रतिवादीसँग देखिएको अन्तर्सम्बन्ध र बैंक खाताको ट्रान्जेक्सनसमेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार नदेखिए पनि तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने,' पूर्णपाठमा भनिएको छ।
प्रकाशित: २५ पुस २०८१ १९:३४ बिहीबार