१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

पोखरा स्पोर्ट्स अवार्ड: रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्षउत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ। प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्।

उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन । बैशाख २३ गते आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले बताए।

यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ रहेका छन्। भलिबलकी अरुणा शाहीले दुईपटकसम्म यो विधाको अवार्ड हात पारेकी थिइन्।

रोजीना थापा मगर–आर्चरी

२०५९ मा जन्मिएकी रोजीना थापामगरले २०७२ सालदेखि आर्चरी खेल्न सुरु गरेकी हुन। लक्ष्मणकुमार श्रेष्ठको स्मृतिमा २०७३ सालमा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले २०७३ सालमै सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा दुईस्वर्ण पदक हात पारेकी थिईन। २०७४ सालमा सम्पन्न श्रेष्ठको स्मृतिमा आयोजना गरिएको चौथो राष्टिय अर्चरीमा रजत पदक हात पारेकी थिइन्। २०७४ सालमै सम्पन्न राखेप च्याम्पिएनसिपमा काँस्य पदक हात पार्दै एशियन खेलका लागि छनौट भएकी थापाले सरकारले आवश्यक बजेटको व्यवस्था नगरिदिँदा प्रतियोगितामा सहभागि हुन भने पाईन्न।

सुस्मिता थापा मगर– आइटिएफ तेक्वान्दो                                                                                  

२०६० सालमा बाग्लुङमा जन्मिएकी सुस्मिता थापामगर आइटिएफ तेक्वान्दो खेलाडी हुन्। हाल खेल व्यवस्थापनमा स्नातक तहमा अध्ययनरत थापाले २०७४ सालदेखि खेल्न सुरु गरेकी हुन्। पहिलोपटक २०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागी भएकी उनले एक स्वर्ण र दुई रजत पदक हात पार्न सफल भइन्। ०७७ मा सम्पन्न २० औ सिनियर राष्ट्रिय च्याम्पियनसिपमा सहभागी उनले तीन रजत हात पारेकी थिईन। ०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पटक हात पार्दै उत्कृष्ट खेलाडी घोषित भइन्। ०७९ मा सम्पन्न नवांै राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक हात पार्न सफल बनिन्।

सावित्रा भण्डारी –फुटबल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन। १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन््। उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिईन ।

२०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन्। सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन्। त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिधित्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाईसकेकी  छिन्। ०७० सालमा विभागीय एपिएफ क्लबमा आवद्ध उनी हालसम्म सोही क्लबमा आवद्ध छिन्। उनी भारतको क्लवमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन्।  

प्रकाशित: १८ वैशाख २०८० १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App