१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

स्पोर्ट्स अवार्डलाई टेल्जीको साथः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्ट्स अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। अघिल्लो संस्करणमा कोरोनाकै कारण उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। यो वर्ष टेल्जी नेपालसँग सम्झौता भएपछि उत्कृष्ट खेलाडीद्वयलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। मञ्च र टेल्जी नेपालबीचको सम्झौता यो दोस्रो पटक हो। अवार्ड कार्यक्रमलाई गत वर्ष टेल्जी नेपालले मञ्चसँग सहकार्य सुरु गरेको हो।  

उत्कृष्ट खेलाडीले टेल्जी (टाइगर) इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मञ्चले जनाएको छ। टेल्जी नेपालका कम्पनी निर्देशक सञ्जीव शिल्पकार र मञ्चका अध्यक्ष दीननाथ बरालबीच अवार्डमा टेल्जी इलेक्टिक स्कुटर प्रदान गर्ने गरी सहमति भएको छ। बजार मूल्य २ लाख १७ हजारबराबरको उक्त स्कुटरमा कम्पनीले मञ्चलाई विशेष छुटमा उपलब्ध गराएकोमा अध्यक्ष एवं अवार्डका संयोजक बराल कम्पनीप्रति आभारी छन्। निर्देशक शिल्पकारले कोभिड १९ को असर बजारमा अझै परेकोले आफूहरूले चाहेर पनि उक्त पुरस्कार शतप्रतिशत प्रायोजन गर्न नसकेको गुनासो गरे।  

सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’को मनोनयन सार्वजनिक गरिसकिएको छ। मञ्चले प्रदान गर्ने कुल ७ विधामध्ये बाँकी विधा लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने महासचिव पौडेलले जनाए। उक्त अवार्ड सफल पार्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रूपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड छन्।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्युस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ। 

प्रकाशित: १५ वैशाख २०८० ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App