४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रसुवागढी नाकामा कोरोना परीक्षण गर्न भवन निर्माण

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि भवन निर्माण भएको छ। विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जाँचका लागि भवन नहुँदा समस्या सिर्जना भएको थियो।

दाङमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका दुई जना बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न अन्यौल

सरकारले काठमाडौंबाहिर नेपालगन्जसहित तीन स्थानमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपनि अझै सुरसार गरेको छैन। प्रयोगशाला स्थापना भएपछि शंकास्पद बिरामीको नमुना(स्वाब)निकालेर बारम्बार काठमाडौं पठाउनुपर्ने झन्झटबाट मुक्त भइने र रिपोर्ट पनि तत्कालै थाहा पाउन सकिने भन्दै यहाँका स्वास्थ्यकर्मी हर्षित थिए। तर, अहिलेसम्म पनि प्रयोगशाला स्थापना गर्ने सुरसार देखिदैन।

कोभिड –१९ :  बीस परीक्षण नेगेटिभ

प्रदेश नम्बर एकमा कोरोना आशंका गरिएका विभिन्न व्यक्तिहरुको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

परदेशबाट आउनेहरु निर्धक्क गाउँ डुल्दै

कोरोना भाईरस (कोभिड–१९) को सर्ने दर (चेन ब्रेक) घटाउन देशभर लकडाउन गरिएको छ। लकडाउनको प्रभावकारिता सहरभन्दा दूरदेहातमा बढ्ता देखिएको छ। एक गाउँका मानिसलाई अर्को गाउँमा प्रवेश रोकिएको छ। भारत वा खाडी मुलुकबाट रोजगार गरी फर्केकाहरुसँग छिमेकी समेत छेउ पर्दैनन्। बरु विदेशबाट फर्केका पाहुनालाई क्वारेन्टाइन गर्न जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई दबाव दिन्छन्, गाउँले।

सात सय भन्दा बढीको कोरोना परीक्षण

सरकारले मुलुकभरका लागि हब हस्पिटलका लागि छुट्टै फिवर क्लिनिक सञ्चालन गर्न प्रति अस्पताल १० लाख रुपैयाँ उपलब्ध गराएको छ।

डिबाला र माल्दिनीलाई कोरोना

इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले आफू कोरोना संक्रमित भएको बताउँदा एसी मिलानका पूर्वरक्षक पाउलो माल्दिनी र उनका छोरामा पनि कोरोना पुष्टि भएको छ।

थर्माेमिटरकै भरमा कोरोना परीक्षण

अन्य प्रविधि नहुँदा यहाँ ज्वरो नाप्ने यन्त्रको भरमा कोरोना भाइरस संक्रमणको अवस्था चेकजाँच गर्नुपर्ने अवस्था छ।

कोरोना परीक्षण गर्न साधन अभाव

विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ। तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन।

विद्यार्थीको मुटु र मिर्गौला परीक्षण

इच्छाकामना गाउँपालिकामा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटार र जनप्रिय माध्यमिक विद्यालय काउलेमा अध्ययनरत एक हजार ५० जना विद्यार्थीको मुटु तथा मिर्गौलाको निःशुल्क परीक्षण गरिएको छ।

बल्ल भयो दिप्रुङ चुइचुम्माको लेखापरीक्षण

दुई महिनाअघि लेखापरीक्षण नगरी फर्किएको महालेखाले पछि आएर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखापरीक्षण गरेको छ।

देशमै पहिलो चिया परीक्षण केन्द्र बन्दै

‘चियाको राजधानी’ सूर्याेदय नगरपालिकामा देशमै पहिलो चिया परीक्षण तथा प्रवद्र्धन प्रबर्द्धन केन्द्र निर्माण गरिँदैछ।

प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता

नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो।

लेखापरीक्षण नगरी गएको महालेखा पुनः खोटाङ आयो

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लेखापरीक्षण नगरी फिर्ता गएको महालेखा परिक्षकको टोली पुनः लेखापरीक्षणका लागि फर्केर आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्