४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक नियुक्ति अन्योलमा

क्यान्सर अस्पतलामा वैशाख २४ गतेदेखि कार्यकारी पद खाली छ। यसअघि अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन। असार २६ गते ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग

किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ल्याइयो

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो।

क्यान्सर अस्पतालमा राजनीतिक दाउपेच

अहिले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने स्वास्थ्यमन्त्री कांग्रेसका मोहनबहादुर बस्नेत छन् ।यी दुवै सञ्चालक समितिमा बहुमत पुर्‍याएर कार्यकारी निर्देशक आफ्नो बनाउने कोसिसमा छन् ।आफ्नो स्वार्थका लागि सरकारले अहिलेसम्म सञ्चालक समिति नियुक्ति नगरेर सेवा प्रभावित बनाएको छ।

क्यान्सर वार्डका कुरुवा भूइँमै बस्न बाध्य

महिनौं उपचारमा आउने बिरामीको कुरुवाका लागि भने वीर अस्पतालको अन्कोलोजी र भक्तपुर क्यान्सर अस्पतालको अन्कोलोजी विभाग दुवैमा कुरुवाको लागि सुत्ने मिनी बेड (मेच) नहुँदा कुरुवाले सास्ती झेल्नुपरेको छ।

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

इलामको रोङ गाउँपालिका ५, इरौंटारस्थित मालबाँसेका १० वर्षे अभिषेक कार्की क्यान्सरले थलिएका छन्।

‘सुरुमै थाहा पाए क्यान्सर निको हुन्छ’

कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।

‘९० प्रतिशत क्यान्सर गलत खानपान र जीवन शैलीले’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट तथा क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरूण शाहीले ८० देखि ९० प्रतिशत क्यान्सर रोग गलत जीवनशैली र खानपानका कारण निम्तिने बताए।

क्यान्सर ग्लोबल ओन्कोलोजी युवा अन्वेषक पुरस्कार नेपाली डाक्टर दुलाललाई

डा.दुलालले अध्ययन गर्न पेश गरेको 'नेपालका विभिन्न जातीय समूहका महिलाहरूमा स्तन क्यान्सरको जीन सम्बन्धी अध्ययन' शीर्षकको अनुसन्धानको लागि उक्त पुरस्कार पाएकी हुन्।

पाठेघरको क्यान्सरविरुद्ध २० हजार खोप आउने

नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अर्थात् पेपिलोमा भाइरसविरुद्ध २० हजार खोप छिट्टै आउने भएको छ। यो खोप जेठ महिनाभित्र आउने सम्भावना रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ।

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।

कटौती गरेको सेवा सुरु नगर्दा क्यान्सरका बिरामी मर्कामा

भक्तपुर क्यान्सर अस्पतालले कटौती गरेको रेडियोथेरापी सेवा पुनः सञ्चालन नहुँदा क्यान्सरका हजारौँ बिरामी मर्कामा परेका छन्।

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।

बालबालिकामा बढ्दै आँखा क्यान्सर

हालै विभिन्न अस्पतालमा उपचारमा पुगेका बिरामीलाई लिएर गरिएको सर्वेक्षणले नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको नयाँ क्यान्सर हुने अनुमान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्