२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक नियुक्ति अन्योलमा

फाइल तस्बिर

तीन महिनादेखि रिक्त रहेको चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा थप अन्योल देखिएको छ। राजनीतिक दाउपेचका कारण अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक सिफारिस समिति बनाउन सकेको छैन।

मंगलबार राजधानीमा बसेको बोर्ड बैठकमा कार्यकारी नियुक्ति प्रक्रिया विनानिष्कर्ष टुंगिएको अध्यक्ष डा. विजयराज न्यौपानेले बताए। ‘मेरो नेतृत्वमा पहिलोपटक राजधानीमा बोर्डको बैठक बस्यो। १० जना सदस्य उपस्थित हुनुहुन्थ्यो,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयका एकजना पदेन सदस्य उपस्थित नहुँदा कार्यकारी सिफारिस समितिसमेत बन्न सकेन।’

कार्यकारी सिफारिस समिति तीन सदस्यीय हुन्छ। जसमा बोर्डले चयन गर्ने एक सदस्य, अध्यक्षले तोकेको एक व्यक्ति र स्वास्थ्य मन्त्रालयको एक पदेन सदस्य सिफारिस समितिमा हुनुपर्ने व्यवस्था छ। तर, स्वास्थ्य मन्त्रालयकै सदस्य उपस्थित नभएपछि समिति गठन हुन नसकेको उनले बताए। सञ्चालक समितिले सिफारिस समिति गठन गरी उक्त समितिले सिफारिस गरेका व्यक्तिमध्येबाट स्वास्थ्यमन्त्रीले कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ।

तीन महिनादेखि रिक्त रहेको चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा थप अन्योल देखिएको छ। राजनीतिक दाउपेचका कारण अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक सिफारिस समिति बनाउन सकेको छैन।

क्यान्सर अस्पतलामा वैशाख २४ गतेदेखि कार्यकारी पद खाली छ। यसअघि अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन। असार २६ गते ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ। समाजसेवीबाट शिला अधिकारी, दिलीप पौडेल, विज्ञबाट डा. अनिल विक्रम कार्की, डा. रश्मि पुन, डा. दिनेश विके र डा. रिताकुमारी महत्तो चयन गरेको छ। बोर्डले पूर्णता पाएपनि विवादका कारण नियुक्ति गर्न सकेका छैनन्। यसअघि बोर्ड गठन हुन नसकेर नियुक्त गर्न नसकिएको बताउँदै आइएको थियो। अहिले बोर्ड गठन हुँदा समेत राजनीतिक दाउपेचकै कारण अझै अनिर्णित बनाइएको छ।

डा. निर्मल लामिछानेको अध्यक्ष पद फागुन १३ देखि सकिएको थियो । त्यसको एक महिना पछि चैत २० गते डा. न्यौपानेलाई अध्यक्षमा मन्त्रिपरिषद्ले चयन गरेको हो। तर, सदस्य समयमा नियुक्त नहुँदा उनले केही काम अगाडि बढाउने सकेनन्।

१४ सदस्यीय सञ्चालक समितिमा ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ। भरतपुर महानगरपालिका प्रमुख, स्वास्थ्य सचिव, अर्थ सचिव, स्वास्थ्य अनुसन्धान परिषद्का एक जना पदेन सदस्य हुने व्यवस्था छ । कार्यकारीले २ सदस्य अस्पतालमा काम गर्ने चिकित्सकलाई छनोट गर्न पाउँछन्। कार्यकारी नै नियुक्त हुन नसकेपछि रोकिएको छ।

डा. निर्मल लामिछानेको अध्यक्ष पद फागुन १३ देखि सकिएको थियो । त्यसको एक महिना पछि चैत २० गते डा. न्यौपानेलाई अध्यक्षमा मन्त्रिपरिषद्ले चयन गरेको हो। तर, सदस्य समयमा नियुक्त नहुँदा उनले केही काम अगाडि बढाउने सकेनन्।

एक साताभित्रमा कार्यकारी नियुक्त गरिने अध्यक्ष न्यौपाने बताउँछन्। ‘अहिले मन्त्रीज्यू पनि बाहिर हुनुहुन्छ। यो हप्ता बैठक बस्ने कुरा आएको छ,’ उनले भने, ‘बोर्डबाट सर्वसहमत बनाएर कार्यकारी नियुक्त गर्दछौँ।’ यद्यपि कार्यकारी निर्देशक चयनका लागि मन्त्रीको आवश्यक पर्दैन।

अस्तव्यस्त क्यान्सर अस्पताल

कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली २०६६ले कार्यकारी निर्देशकलाई दैनिक प्रशासन सञ्चालन गर्ने अधिकार दिएको छ। तर, अस्पताल जस्तो संवेदनशिल संस्थामा वैशाख २४ गतेदेखि कार्यकारी निर्देशकविहीन हुँदा अस्पताल अस्तव्यस्त बन्न पुगेको छ।  

क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नहुँदा वैशाखदेखि भुक्तानीलगायत दैनिक कामकाजमा प्रभावित भएको हो। ‘अस्पताल जस्तो संवेदशील ठाउँमा एक सेकेन्ड पनि सेवा प्रभावित हुनुहुँदैन तर कार्यकारी नहुँदा सेवा प्रभावित भइरहेका छन् । अस्पतालका प्रशासकीय अधिकृत गृहनारायण महतोले भने, ‘४० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ। कार्यकारी निर्देशक नहुँदा भुक्तानी दिन पाइएको छैन।’

अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको उनले बताए । कटन, ब्यान्डेजलगायत सर्जिकल सामान, एक्सरे फ्रेम, प्लम्बिङ, इलेक्ट्रिकल तथा स्टेसनरी सामग्री सकिन लागेको उनले जानकारी दिए।

वैशाखदेखि कर्मचारीलाई तबल खुवाउन सकिएको छैन। स्टेसनरी सामान सकिँदैछ। बिरामीले छुटमा पाउने केमोलगायत औषधि पाउन सकेका छैनन्। ‘टेन्डर निकाल्न पाएका छैनौं। अक्सिजन सकिएपछि दुई बुलेट सापटी लिएर चलाएका छौं,’ उनले भने, ‘सम्पूर्ण टेन्डर प्रक्रिया, कर्मचारी नियुक्तिलगायत काम ठप्प छ।’ बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री खरिद गर्न नसकिएको उनले बताए।

अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको उनले बताए । कटन, ब्यान्डेजलगायत सर्जिकल सामान, एक्सरे फ्रेम, प्लम्बिङ, इलेक्ट्रिकल तथा स्टेसनरी सामग्री सकिन लागेको उनले जानकारी दिए।

अस्पतालको नेतृत्व नै नहुँदा काम गर्न कठिन भएको उनले बताए। अस्पतालले आगामी वर्षको कार्ययोजना असार मसान्तभित्र पास गर्नुपर्ने हो। राजनीतिक खिचातानीका कारण सबै काम ठप्प छ। संघीय सरकारबाट आउने ५ करोड ४६ लाख २० हजार रूपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ। पुँजीगततर्फको २ करोड ७५ लाख र चालु तर्फको २ करोड ७१ लाख २० हजार रूपैयाँ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका प्रमुख मणिभद्र न्यौपाले बताए। क्यान्सर अस्पतालको चालु बजेट ४० करोड २२ लाख र पूँजीगत बजेट ५ करोड थियो। कार्यकारी नहुँदा निकासा हुन नसकेको प्रशासकिय अधिकृत  महतोले बताए।

नियमावलीअनुसार कार्यकारी निर्देशकले समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने–गराउने, अध्यक्षको समन्वयमा अस्पतालको वार्षिक योजनासहितको आयव्यय अनुमान समितिमा पेस गर्ने, अध्यक्षको अनुमति लिई समितिको बैठक बोलाउने, समितिको बैठकसमक्ष पेस गर्ने प्रस्ताव तथा छलफलका विषयसूची र कार्यविधि तयार गर्ने, अस्पतालको प्रशासकीय प्रमुख भई काम गर्ने रहेका छन्। क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा तीनजना आकांक्षी छन्। उनीहरू नेतृत्वलाई रिझाउन काठमाडौं धाइरहेका छन्।

प्रकाशित: ५ श्रावण २०८० ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App