५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ। क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा १७ लाख एक हजार रुपैयाँ सहयोग जुटाइएको हो।

आफ्नो गाउँठाउँको विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका समाजसेवी राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आले मगरको नेतृत्वमा ‘क्यान्सरपीडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो। राईको जीवन बचाउन देश तथा विदेशका एक सय ५२ दाताबाट एक हजारदेखि  तीन लाख ५० हजार रुपैयाँसम्म सहयोग प्राप्त भएको अभियन्ता मगरले बताएका छन्।

राईको उपचारमा हालसम्म १८ लाख रुपैयाँ खर्च भइसकेको उनका पारिवारिक स्रोतले जनाएको छ। उपचारमा संलग्न डाक्टरको परामर्श अनुसार औषधि सेवन गरिरहेका राईको औषधि सेवनमा मात्र मासिक दुई लाख रुपैयाभन्दा बढी खर्च भइरहेको जनाइएको छ।

संकलन भएको रकमको चेक सांसद् रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेका छन्।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुख्य अभियान्ता मगर, समाजसेवी ध्यानकुमार राई, क्याप्टेन विष्णुभक्त राई लगायतको उपस्थिति रहेको थियो। क्यान्सर पीडित राईको उपचारका लागि सहयोग संकलन अभियानमा सांसद् राई, निवर्तमान सांसद् विशाल भट्टराईदेखि प्रकाश बञ्जरा, पुकल श्रेष्ठ, हरि श्रेष्ठ, देवुपासा लगायतले सहयोग गरेको जनाइएको छ। रासस

प्रकाशित: १८ चैत्र २०७९ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App