२१ आश्विन २०८१ सोमबार
image/svg+xml

साविक उच्च माविमा तीन दशकसम्म स्थायी शिक्षक शून्य

२०५७/०५८ मा प्रविणता प्रमाणपत्र तह खारेज गरि साविकका उच्च माविका शिक्षकलाई दरबन्दीमा नियुक्त गर्ने सरकारले निर्णय गर्‍यो। तर उच्च मावि सञ्चालन भएको ३१ वर्ष पूरा हुँदा समेत साविकका उक्त तहका शिक्षकहरू एकजना पनि स्थायी दरबन्दीमा छैनन्।

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ।

खोप उपलब्ध गराएर मात्र परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ।

असोजभित्र ३३ प्रतिशतलाई खोप

हालसम्म नेपालमा एक करोड डोज खोप आइसकेको छ भने असोजभित्र थप ९० लाख डोज आउनेछ। अमेरिकाले कोभ्याक्स सुविधाअन्तर्गत थप १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराइसकेको छ । यो खोप एक मात्रा लगाए पुग्छ।

अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ।

कोभिड र फेरिएको शिक्षा प्रणाली

सबै विश्वविद्यालय किंकर्तव्यविमुढ अवस्थामा रहेका बेला नेपालमा नै पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गर्ने निर्णय गर्‍यो।

एमबिबिएस प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्: सफलताको साँचो आत्मविश्वास

‘स्कुलदेखि नै कुनै पनि विषय बुझेर अनि बुझेको कुरा लेखेर अध्ययन गर्ने बानीले मलाई सफल हुन सहयोग गर्‍यो । कक्षा नियमित जान्थें। शिक्षकले पढाएको विषयलाई फेरि आफैंले बुझेर पढ्थें । पढाइलाई सहयोग गर्ने विज्ञानका किताब बढी पढ्ने मेरो बानीले धेरै सहयोग गर्‍यो।’

एक तिहाई विद्यालयमा अब महिला नेतृत्व

नगरले शिक्षा नियमावली संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व सुनिश्चित गरेको हो। नियमावलीको सातौं संशोधनपछि अब नगरको प्रत्येक वडाका एक तिहाई विद्यालयको नेतृत्व महिलाले गर्न पाउनेछन्।

विद्यालय बन्दको असर: साना बालबालिकाले क,ख बिर्सिए

'राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो' अभिभावक छपिलालले भने, 'साना बालबालिकाले छिटो बिर्सने रहेछन्। चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ।'

प्रज्ञाले निकाल्यो नेपाली शैक्षणिक व्याकरण

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित गरेको छ। स्कुलदेखि विश्वविद्यालय तहको अध्ययन तथा अध्यापनका लागि प्रकाशित गरिएको शैक्षणिक व्याषाशास्त्री, शिक्षाशास्त्री, प्राध्यापक शिक्षक र विद्यार्थीका निम्ति महत्वपूर्ण हुने प्रतिष्ठानले जनाएको थियो।

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकलाई एक वर्षभित्रै निसर्त करार !

त्रिभुवन विश्वविद्यालयका आंगिक कलेजहरुमा पठनपाठन गराइरहेका आंशिक (ज्यालादारी) शिक्षकहरु केहि महिनादेखि निसर्त करार कायम गर्न माग गर्दै आन्दोलनमा थिए। सोमबार सो माग पुरा भएको छ। अब त्रिभुवन विश्वविद्यालय सेवामा आंशिक प्रवेश गरेका शिक्षकहरु एक शैक्षिक सत्र पुरा गर्नसाथ निसर्त करार हुने सहमति वार्ता टोली संयोजक विष्णु खनालसँ गरेका छन्।

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा अनिश्चित

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ।

माग पूरा नगरे प्रधानमन्त्री कार्यालय घेराउ गर्छाैं : शिक्षक महासंघ

निजामति विद्यालय सञ्चालनका लागि लागि बजेटमा भएको व्यवस्था विभेदकारी भएको भन्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले रिले अनसन थालेको हो।

उपकुलपति सिंहको राजीनामा माग

प्रजातन्त्रवादी प्रध्यापक संघ मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्