१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

प्रज्ञाले निकाल्यो नेपाली शैक्षणिक व्याकरण

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित गरेको छ। स्कुलदेखि विश्वविद्यालय तहको अध्ययन तथा अध्यापनका लागि प्रकाशित गरिएको शैक्षणिक व्याषाशास्त्री, शिक्षाशास्त्री, प्राध्यापक शिक्षक र विद्यार्थीका निम्ति महत्वपूर्ण हुने प्रतिष्ठानले जनाएको थियो।

यसअघि प्रतिष्ठानले २०३३ सालमा ‘बृहत् नेपाली व्याकरण’, २०४५ मा ‘नेपाली व्याकरणका केही पक्ष’, २०५२ मा ‘सजिलो नेपाली’, २०५४ मा ‘नेपाली वाक्य व्याकरण’ र २०७१ मा ‘नेपाली सन्दर्भ व्याकरण’ प्रकाशित गरेको थियो। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विद्यार्थीहरूका लागि व्याकरण पुस्तक आवश्यक भएको बताए। ‘विद्यार्थी र शिक्षकलाई उपयोगी हुने नेपाली शैक्षणिक व्याकरणको आवश्यकता महसुस गरिएको थियो,’ उनले, ‘स्कुल र विश्वविद्यालयका कक्षाकोठामा प्रयोग गर्ने अभिप्रायले व्याकरण पुस्तक प्रकाशित गरेका हौं।’

हेमनाथ पौडेल, रमेशप्रसाद भट्टराई र प्रेमप्रसाद चौलागाईंले सो व्याकरण पुस्तक लेखेका हुन्। ‘यो व्याकरण सबै तहका शिक्षक–विद्यार्थीका लागि अति उपयोगी छ नै, साथै मानक नेपाली व्याकरण जान्न, बुझ्न चाहने सबै व्यक्तिका लागि पनि यो उत्तिकै महत्वपूर्ण बनेको देखिन्छ,’ प्रतिष्ठानको विज्ञप्तिमा उल्लेख गरेको थियो।

प्रकाशित: २१ श्रावण २०७८ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App