सत्तारूढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीहरूले गणतन्त्र स्थापनापछि नेपालमा केही भएन भनेर भ्रम फैलाइरहेको बताएका छन्।
कैलालीको धनगढीमा शुक्रबार (आज) पार्टीको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्छ। पञ्चायतको समयमा धनगढी र गरिबको खाडल २३ गुणा बढी थियो। अहिले ८ गुणामा झरेको छ। यहाँ राजावादीहरूले केही भएन भनेर भ्रम फैलाइरहेका छन्,' उनले भने।
प्रकाशित: २९ चैत्र २०८१ २१:१२ शुक्रबार





