२ माघ २०८१ बुधबार
image/svg+xml

नयाँ राजाहरूलाई चुनौती

नमागेको परामर्श दिनुभन्दा बरु छोटे राजाहरूले आफ्नो वचन र कर्मबीचको प्रशान्त महासागर जत्रो खाडल कम गरुन् । जुन दिन यो देशको राजनीति वास्तवमै संग्लेर नेताहरू माफिया डन जस्तो नभई आमनागरिकको सेवक बन्नेछन्, हामीले दलीय राजनीतिमा जाने आवश्यकता नै पर्ने छैन ।

बुथ कब्जा मुख्य चुनौती

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषणसमेत गरेका छन् । सुरक्षा चुनौती चिर्न पर्याप्त तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्था कायम गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी चार लाख सुरक्षाकर्मी खटिएका छन् ।

चुनावी घोषणापत्रका चुनौती

नेपालको संविधानले जनतामा निहित सार्वभौमसत्ता र जनताको सर्वोच्चता, संवैधानिक सन्तुलन र नियन्त्रण, विधिको शासन, सामाजिक न्याय र समानताको पूर्ण परिपालना गर्ने राजनीतिक प्रणाली अवलम्बन गर्नेबारे दृढता दर्शाएकामा यस्तो संविधानका प्रवर्तक मानिएका सभासद् हुनेहरूबाटै सो भावनाविपरित काम हुनु कदापि राम्रो होइन ।

प्रदेश १/धनकुटा : बिरासत जोगाउन दुवै गठबन्धनलाई चुनौती

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनकुटामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । धनकुटामा वाम र लोकतान्त्रिक गठबन्धनको मात्रै चुनावी प्रचार देखिएको छ । साना दलहरु छायामा परेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख ५ हजार १८८ मतदाता छन् । जिल्लामा वाम गठबन्धनमा २ र लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल छन्।

वाम पकड तोड्न कांग्रेसलाई चुनौती

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आउँदो मंसिर २१ मा हुने निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्न नेपाली कांग्रेसलाई चुनौती देखिएको छ । जिल्लामा अहिलेसम्म भएका आमनिर्वाचन र स्थानीय निर्वाचनमा बढी एमालेले नै जितिरहेकाले कांग्रेसलाई वाम पकड तोड्न सकस देखिएको हो ।

लोकतान्त्रिक गठबन्धनलाई चुनौती

६ महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा आएको नतिजा हेर्दा ललितपुरमा लोकतान्त्रिकभन्दा वाम गठबन्धन अगाडि देखिएको छ भने भक्तपुरमा दुई गठबन्धन र मजदुर किसान पार्टीबीच प्रतिस्पर्धा हुने देखिन्छ।

सुनसरी क्षेत्र नं १ काे कम्युनिष्ट गढमा फोरमको चुनौती

धरान उपमहानगरपालिकासहितको सुनसरीको निर्वाचन क्षेत्र नं १ लाल किल्ला एवं कम्युनिष्ट गढकोरुपमा परिचित छ । यो क्षेत्रमा पहिलो संविधानसभा(२०६४) निर्वाचनबाहेक सबै चुनावमा एमाले विजयी हुँदै आएको इतिहास छ भने २०६४ मा माओवादी केन्द्र विजयी भएको छ । पहिलो संविधानसभा बाहेकका सबै चुनावमा एमालेको निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार थिए ।

फिलिपिन्सलाई बलियो चुनौती दिन तयार

नेपालका प्रशिक्षक ग्योटुको कोजीले मंगलबार एएफसी एसियन च्याम्पियनसिप २०१९ को छनोट खेलअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।

सुरक्षा चुनौती कम गर्न राजनीतिक दल जिम्मेवार हुनुपर्छ : पूर्व एआइजी ढकाल

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (पूर्वएआइजी) नवराज ढकालले निर्वाचनका समयमा बढ्ने सुरक्षा चुनौती कम गर्न राजनीतिक दल र सम्बन्धित उम्मेदवार जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपालमा राजनीतिक दलहरु जिम्मेवार नबन्दा सुरक्षा चुनौती थप जटिल भएको ढकालले बताए ।

भावी प्रतिनिधिलाई चुनौतीका चाङ

गत वैशाखमा दुई दशकपछि स्थानीय तह निर्वाचनमार्फत जनप्रतिनिधि पाउँदा उपत्यकावासी उत्साहित थिए । भोट माग्न घरघर पुगेका उम्मेदवारले उपत्यकाको मुहार फेर्ने सपना देखाउँदा धेरैमा परिवर्तनको आस पलाएको थियो ।

निर्वाचनको सुरक्षा चुनौती

हिंसामाथि विगतदेखि लोकतन्त्रले नै जित्दै आएको छ । २०६४ सालमा हिंसाको जगजगीकै बीच निर्वाचन सम्पन्न भएको र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विभिन्न राजनीतिक समूहको बहिष्कार र बम विस्फोटको आतंक हुँदाहुँदै पनि अत्यधिक मत खसेको विषयलाई बिर्सन हुँदैन । जनताको लोकतन्त्रप्रतिको आस्थालाई कुनै पनि डर, त्रास र धम्कीले सिध्याउन सकिँदैन । त्यति हुँदाहुँदै पनि निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारीचाहिँ सरकारको हो, त्यस्तो वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान तत्काल जाओस् ।

थपिँदै सुरक्षा चुनौती

चुनावको मुखमा रोल्पा र रुकुममा एकपछि अर्को गर्दै प्रभावशाली नेतालाई लक्षित गर्दै बम विस्फोट भएपछि सुरक्षा चुनौती थपिएको छ । शुक्रबार मन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै बम विस्फोट भएको भोलिपल्ट शनिबार रोल्पामा पूर्वमन्त्री वर्षमान पुनको गाडी एम्बुसमा पारियो ।

दोहोरो चुनौतीमा ओली

एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावसँग जुधिरहेका छन् । एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अर्कातिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा उनी छन् । यसै कारण ओली यसपटक गृहजिल्लामा अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन् ।

मसल र मनि निर्वाचनका चुनौती

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलको अस्वस्थ प्रतिश्पर्धासँगै उम्मेदवारले मतदातालाई प्रभाव पार्नेगरि पैसा वितरण गर्न सक्ने भएकोले सचेत रहन निर्वाचन आयोगले सुरक्षा निकायसँग अनुरोध गरेको छ ।

बलियो चुनौती पेस गर्ने विश्वास

नेपाली युवा टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले अभ्यास खेलमा जस्तै एसिसी यु–१९ युथ एसिया कपमा बलियो चुनौती पेस गर्ने विश्वास लिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्