२ माघ २०८१ बुधबार
image/svg+xml

देउवालाई बिरासत जोगाउन चुनौती

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरावाट २०४८ सालदेखि निरन्तर चुनाव जितेर सिंहदरवार प्रवेश गर्दै आएका छन्। यही क्षेत्रबाट चुनाव जितेर उनी गृहमन्त्री हुदै चार पटक प्रधानमन्त्री समेत भइसकेका छन्। बाम गठबन्धन बनेका वेला अगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफ्नो बिरासत बचाउन सक्लान? अहिले सबैतिर चर्चा, परिचर्चा, अड्कल र चासो चुलिएको छ । देउवाका प्रतिस्पर्धी बाम गठबन्धनवाट उनका चिरपरिचित प्रतिद्वन्द्वी माओवादीका युवा नेता खगराज भट्ट छन्।

पार्टीभित्रको अन्तरविरोध चुनौती

एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालाई कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले गत संविधानसभा चुनावमा रुपन्देही–१ मा झिनो मतले पराजित गरे । रज्जाक अहिले पनि विश्वकर्मालाई पराजित गरेर दोस्रोपल्ट जितको नतिजा निकाल्ने योजनामा छन् भने विश्वकर्मा पराजयलाई विजयमा बदल्ने दाउमा छन्।

प्रदेश–६ : चार ‘एक्का’ का चुनौती

२०४८ यताका सबै निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसर पाएका कांग्रेस नेता पूर्णबहादुर खड्का छैटौंपटक संसद् छिर्ने प्रयासमा छन् । उनको यो यात्रामा वाम गठबन्धनका तर्पmबाट एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाही चुनौती बनेका छन् ।

फोरम, राजपा गठबन्धनका बागीले शीर्ष नेतालाई चुनौती

गठबन्धन बनाएर आन्दोलन गर्ने, अलग अलग भएर चुनाव लड्ने मधेस केन्द्रित दलको प्रवृती यसपाली फेरिएको छ। प्रदेश दुईमा स्थानीय तह निर्वाचनको परिणामले उत्साहित मधेस केन्द्रित दल (संघीय समाजवादी फोरम, राजपा) मंसिर २१ गत्ते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन निर्माण गरेर साझा उम्मेदवार उठाएका छन्।

वाम गठबन्धनलाई कांग्रेस चुनौती

जुम्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू गाउँ पसेका छन् । असन्तुष्ट कार्यकर्तालाई सुझाउने र सन्तुष्ट कार्यकर्तालाई आफ्नो पक्षमा नतिजा आउने गरी खट्न निर्देशन दिँदै हिँडेका छन् । उम्मेदवारहरू आआफ्नो चुनावी अजेन्डासहित प्रचारप्रसारमा होमिएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्लामा वाम गठबन्धनलाई कांग्रेसले चुनौती दिँदै आएको छ ।

कांग्रेसलाई बिरासत जोगाउने चुनौती

जिल्लामा पहिलोपटक यहाँका प्रमुख वाम दलहरू एक चुनावी एकता गरेपछि बागलुङको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । विगतमा वाम शक्ति छिन्नभिन्न हुँदा जिल्लामा कांग्रेसले हालीमुहाली गरेको भन्दै अहिले एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरेका छन्।

‘उपाधि रक्षा गर्नु चुनौतीपूर्ण’

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले शीर्ष क्लब म्यानचेस्टर सिटीलाई उछिन्दै   सफलतापूर्वक इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्नु चुनौतीपूर्ण भएको बताएका छन्।

उदयपुरमा कांग्रेसलाई साख बचाउने चुनौती

लगातार २ पटक चुनाव जितेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कालाई आउँदो संघीय प्रतिनिधिसभा चुनाव ‘फलामको च्युरा’ सावित हुने अनुमान गरिएको छ। डा. खड्काले ०६४ र ०७० को दुईवटै संविधानसभा चुनावमा प्रतिस्पर्धी एमाले र माओवादीलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएका थिए।

तीन पूर्वमन्त्री आमनेसामने, राणालाई तामाङको चुनौती

साढे तीन दशक लामो आफ्नो राजनीतिक यात्रामा तत्कालीन राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले २०६४ को संविधानसभा निर्वाचनमा पहिलो हार चाखे । २०३१  सालमा पञ्चायतकालीन राजनीति सुरु गरेर २०४६ को परिवर्तनपछिका तीनवटै संसदीय निर्वाचन जितेका राणालाई हारको स्वाद चखाएर राष्ट्रिय स्तरमै चर्चित बनेका थिए, तत्कालीन माओवादीका जिल्ला नेता दावा तामाङ।

पुनर्निर्माणमा नयाँ सिइओका चुनौती

भूकम्पपछिको २९ महिना, ९२ प्रतिशत भूकम्पपीडितको बास टहरामै, भूकम्पबाट प्रभावित पुरातात्विक सम्पदा, सरकारी तथा ऐतिहासिक भवन, स्वास्थ्य संस्थालगायतको पुनर्निर्माण कार्य अलपत्र।

बाम एकताले लोकतन्त्रमा चुनौती : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा काँग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए ।

समाजवादी ध्रुवीकरणको चुनौती

वामपन्थी तालमेल र पार्टी एकताले नेपालको राजनीतिमा फेरी अर्को क्रमभंग गरेको छ । शान्ति प्रक्रियाको सहमतीय राजनीति अब दुई ध्रुवीय प्रतिस्पर्धामा, अस्थिर सरकारबाट स्थायी सरकार बन्ने परिस्थितितर्फ उन्मुख गराएको अनुभूति देशलाई भएको छ । यसले जनतामा आश जगायो र ‘फुटाऊ र राज गर’ भन्नेको त्रास बढायो ।

पश्चिमेली विश्वविद्यालयका चुनौती

३२ सय विद्यार्थी भएको मध्यपश्चिम विश्वविद्यालयमा फुल टाइम टिचिङ फ्याकल्टी ६५ जना र प्राध्यापकको सख्या जम्मा ४ रहेको देखिन्छ । सायद संसारमा यति कमजोर प्राज्ञिक जनशक्ति भएको कुनै विश्वविद्यालय छैन होला ।

जोखिम संवेदनशील भूउपयोग : चुनौती र अवसर

नेपालको दिगो विकास, खाद्य सुरक्षा, सुरक्षित बस्ती र दीर्घकालीन हितका निमित्त जोखिम संवेदनशील भूउपयोग योजनाको निर्माण र कार्यान्वयनको कुनै विकल्प नै छैन ।

बाम चुनावी तालमेलले लोकतन्त्रलाई चुनौती : नेपाली काँग्रेस

–सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्