वामपन्थी तालमेल र पार्टी एकताले नेपालको राजनीतिमा फेरी अर्को क्रमभंग गरेको छ । शान्ति प्रक्रियाको सहमतीय राजनीति अब दुई ध्रुवीय प्रतिस्पर्धामा, अस्थिर सरकारबाट स्थायी सरकार बन्ने परिस्थितितर्फ उन्मुख गराएको अनुभूति देशलाई भएको छ । यसले जनतामा आश जगायो र ‘फुटाऊ र राज गर’ भन्नेको त्रास बढायो ।
नयाँ ध्रुवीकरणको यो प्रक्रियामा सम्भावनाका तुलनामा चुनौती अधिक छन् । यो ध्रुवीकरणको प्रक्रिया मुख्यतः सरकार सञ्चालनमा सहजताको स्थितिमा दल हुनेछन् । राज्य संयन्त्रलाई विकासमुखी बनाउन अनुकूल हुनेछ । बाह्य हस्तक्षेपबाट सरकार सापेक्षरूपले भए पनि स्वतन्त्र हुनेछ र राजनीतिक दलहरूप्रति जनताको बढ्न सक्ने अविश्वास रोकिनेछ ।
वाम पार्टी एकतामा नेकपा एमाले सबभन्दा अनुकूल अवस्थामा छ । एकता र तालमेलमा एमाले ठूलो दलको हैसियतको मनोविज्ञानमा ६० र ४० को भागमा छ । दोस्रो संविधान सभा र स्थानीय निर्वाचनको मत परिणामलाई तालमेलको आधार बनाउन सक्नु नै एमालेको अनुकूलता हो । वाम गठबन्धन एमालेका लागि वरदान जस्तै बन्यो किनकि कांगे्रस माओवादी सम्बन्ध तोड्नु उसको राजनीतिक सफलता हो । गठबन्धनमा ठूलो दलले सरकारको नेतृत्व स्थायीरूपले प्राप्त गर्नु एमालेको नेता गणलाई बोनस पाएजस्तै हो । स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी स्थान हात पारेको एमालेका लागि संघीय र प्रादेशिक सरकारबिना स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउन सम्भव थिएन ।
एमालेका लागि एकता बाध्यकारी अवस्था थियो नै, त्योभन्दा ठूलो र चुनौतीपूर्ण अवरोध राष्ट्रिय राजनीतिको मियोझैँ प्रचण्ड राज नेतृत्व भएको अनुभूत ग¥यो । प्रचण्ड नेतृत्वको निरन्तरता एमालेमात्र नभएर नेपाली कांग्रेस र बाह्य शक्तिकेन्द्रहरू पनि मनोगतरूपले दबाब रहिरहेको अवस्थाबाट उन्मुक्ति चाहिरहेका थिए । बाम गठबन्धन र राजनीतिक ध्रुवीकरण प्रचण्डमा केन्द्रित नेतृत्व सामना गर्नु नपर्ने ठम्याइ छ ।
एमालेका लागि वैचारिक चुनौती माओवादी विचार र त्यसको संगठनात्मक माओवादी अस्तित्वमा रहँदासम्म एमाले राष्ट्रिय राजनीतिमा पहिलो बन्ने सम्भावना छैन । विगतमा माओवादीलाई निषेध गरेर सत्तामाथि वर्चस्व कायम गर्ने एमालेको प्रयासले पनि काम गरेन । यी मूलभूत विषयमा एमालेका बाध्यता र आवश्यकताले पार्टी एकतासम्मको प्रस्तावना सम्भव बनाएको हो । यस्तो स्थितिमा वाम गठबन्धनबाट एमालेले गुमाउनेभन्दा पाउने नै बढी छ । एमालेको स्थानीय जनमतको संख्या अझै पनि वाम रुझानका छन् । त्यसलाई माओवादीले प्रभाव पारेर समाजवादी ध्रुवीकरण ग¥यो भने पनि त्यो एमालेका लागि नोक्सान होइन ।
वाम गठबन्धन माओवादीका लागि अवसरभन्दा धेरै चुनौतीपूर्ण छन् । तत्कालको चुनावकेन्द्रित तालमेल र पार्टी एकता प्रयास दशकदेखिको हो । बिगतमा माओवादी प्रमुख शक्ति हुँदा त्यो सम्भव हुन सकेन । अहिले चुनावी परिणामका आधारमा माओवादीले पार्टी एकताको प्रस्ताव ग¥यो । प्रायः अपेक्षाकृत आफ्नो दल कमजोर रहेको बेला यस्तो प्रस्ताव गर्ने साहस कसैले गर्दैनन् तर प्रचण्डबाट त्यो हिम्मत भयो र माओवादीले सहमति जनायो । एमालेको विश्लेषण होला कि यतिबेला माओवादी कमजोर भएकाले तालमेलमात्र नभई पार्टी एकताको प्रस्ताव ल्यायो । तालमेलका लागि ६० र ४० मा सहजै सहमत भयो । यथार्थमा स्थिति फरक छ । माओवादीको स्थान तेस्रोभन्दा तल होइन । सरकारको मियो र राजनीतिक पहलकदमी कसैसँग तालमेल नगरेर नै कायम गर्न सक्ने अवस्था अझै छ ।
जब एमाले नेतृत्व पङ्तिm तालमेल र एकताका तयार भयो, त्यो अवसरलाई सम्भावनामा बदल्न जस्तोसुकै ठूलो चुनौती सामना गर्न माओवादी तयार भयो । माओवादीको मुख्य उद्देश्य वाम जनमतको एकीकरण र समाजवादी ध्रुवीकरण गर्नु हो । राजनीतिक ध्रुवीकरणको प्रक्रियामा स्थायित्व, स्वतन्त्रता, आर्थिक सामाजिक विकासका सम्भावना बढ्छ । मुलुकको राष्ट्र हितका लागि वाम जनमतको आधारलाई एकीकरण गर्न माओवादी चुक्नुहुँदैन भन्ने निष्कर्षले माओवादीलाई तालमेल र पार्टी एकताका लागि प्रेरित गर्यो ।
प्रकाशित: २६ आश्विन २०७४ ०५:५७ बिहीबार