२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उदयपुरमा कोभिडबाट थप ३ को मृत्यु

कोभिड १९ को दोस्रो लहरले उदयपुरका सरकारी कार्यालय प्रमुखसहित थप ३ जनाको ज्यान लिएको छ । सदरमुकामस्थित ३४ वर्षीय एक कार्यालय प्रमुखको उपचारको क्रममा सोमबार काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो । महिला र पुरुष २ जनाको मंगलबार बिराटनगरमा उपचारको क्रममा ज्यान गएको हो ।

राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान

२०७४ फागुन ३ गते झन्डै दुईतिहाइ समर्थनमा प्रधानमन्त्री भएका ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेनन्। ओलीको पक्षमा जम्मा ९३ मत परेको छ। जब कि उनकै दल एमालेका १ सय २१ जना प्रतिनिधिसभा सदस्य छन्।

ओली सरकारलाई विश्वास मत दिन्नौः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार तीन वर्षमा असफल भएको बताउँदै बर्तमान सरकारको विपक्षमा मतदान गर्ने बताएका छन्। यो सरकारले विश्वासको मत पाउन नसक्ने बताउँदै धारा ७६ (२) बमोजित अगाडी बढ्ने कांग्रेसको धारण रहेको बताए।

जलविद्युत्, क्रसर र ग्रिल व्यवसायीले सरकारलाई अक्सिजन सिलिन्डर दिने

उपत्यकासहित देशभरका अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामी भर्ना गर्न आलटाल गरेपछि क्रसर उद्योगी, ग्रिल व्यवसायी तथा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले आफ्नो निर्माण क्षेत्रमा प्रयोगमा रहेका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन्।

पक्षमा बहुमत नजुट्ने सम्भावना

आफ्नो पक्षमा विश्वासको मत नपाउने निश्चित हुँदाहुँदै प्रधानमन्त्री ओलीले त्यसअघि नै पदबाट राजीनामा गर्नसक्ने स्रोतको दाबी छ। नयाँ प्रक्रियाका लागि बाटो खोल्नकै लागि प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको जनाउँदै उनी निकट स्रोतले भन्यो, ‘बिहानसम्मको परिस्थिति मूल्यांकन गरेर प्रधानमन्त्री निर्णयमा पुग्नुहुन्छ।’

ओली सरकारको विपक्षमा मतदान गर्न कांग्रेसको आग्रह

सरकारले संविधानको आधार भत्काउन बदनियतपूर्वक र षड्यन्त्रमूलक ढंगले ल्याएका अध्यादेशलाई राष्ट्रपतिले साथ दिएको कांग्रेसको आरोप र ठहर छ।

‘सरकार गैरजिम्मेवार बन्दा समस्या’

‘अस्पतालहरूमा अक्सिजन अभाव भइरहेका बेला सरकार थाहा नपाएझै गरेको छ,’ करुणा हस्पिटलका मेडिकल डाइरेक्टर सौगात पौडेलले भने, ‘सरकारको साथ नभएपछि अस्पतालले मात्र अक्सिजन जोहो गर्न मुस्किल पर्छ।’

उपेन्द्रसँग नजिकिए महतोः जसपामा ओलीविरोधी लाइन बहुमतमा

जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् ।

आपसी सहमतिमा पारिश्रमिक तोक्न पाउनु पर्छ: निजी क्षेत्र

‘कोभिडको दोस्रो लहर सुरु भएर मुलुकको अधिकांश भागमा रहेका उद्यम, व्यवसाय बन्द रहेको अवस्थामा पारिश्रमिक बढाउने निर्णयले अचम्मित भएका छौं।’

सरकारी कार्यालयमा कर्मचारी एकचौथाइ मात्रै

कार्यालयमा आउनुनपर्ने कर्मचारीलाई घरबाटै काम गराइएको उनको भनाइ छ । घरमै बसेर काम गर्ने कर्मचारीलाई सरकारले कोभिड काजको सुविधा दिएको छ। संघीयले कार्यालयमा आउने कर्मचारीका हकमा पनि आलोपालो प्रणाली लागु गरेको छ।

उपचारको पर्खाइमा नागरिकको मुत्युवरण, सत्ताको दाउपेचमा प्रदेश सरकार

लक्षणसहितका संक्रमितको संख्या बढेसँगै प्रदेशको अस्थायी मुकाम बुटवलमै संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडक पेटीमै मृत्युवरण गरिरहेका छन्। तर प्रदेश सरकार भने सत्ता र शक्तिको नांगो नाच देखाइरहेको छ। जनताले उपचार नपाएर ज्यान गुमाइरहँदा मुख्यमन्त्री शंकर पोखरेल आफ्नो कुर्सी जोगाउन आफ्नै पार्टीका असन्तुष्ट सांसदहरूलाई मन्त्री पद उपहार दिएर फकाउनमै व्यस्त छन्। सत्ता र शक्तिको दाउपेचमा मुख्यमन्त्री पाखेरेलले दुईदिनमा २ जना स्वास्थ्य मन्त्री फेरेका छन्।

कोभिड उपचारमा निजी अस्पतालको लुट : सरकार मौन

नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै उपचारको लागि काठमाडौंका निजी अस्पतालहरुले मनलाग्दी शुल्क तोक्न थालेका छन्। कोरोना उपचारका लागि सर्वसाधारणले धान्नै नसक्ने गरी बेडको शुल्क निजी अस्पतालहरुले तोक्न थालेका हुन्।

विकासे रकम कोरोना नियन्त्रणमा

स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालहरूमा समेत गरी एक हजार नौ सय ५० आइसोलेसन, आइसियु ६२, भेन्टिलेटर ३४ र एचडियु ५० शय्या रहेका छन्। थप आइसोलेसन, आइसियु भेन्टिलेटर र एचडियु व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको छ।

कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार

‘प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते संसद्को बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘केन्द्रीय सरकारकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप प्रदेशमा भएको छ, त्यसको हामीले भत्र्सना पनि गरेका छौं।’

नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्