बुधबार लुम्बिनी प्रदेश सरकारका तीनजना मन्त्रीले सपथ खाइरहँदा बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि आईसियू बेड पर्खिरहेका चारजना संक्रमितले ज्यान गुमाउनु पर्यो। प्रादेशिक अस्पतालको ईमर्जेन्सी वार्डमा सामान्य अक्सिजनको भरमा राखिएका बुटवलका दुईजना, तिलोत्तमा र कञ्चनका एक/एक जना संक्रमितले आईसियूमा भर्ना हुने पालो पर्खेका थिए।
संक्रमण पुष्टि भइ स्वास्थ्यमा समस्या देखिएपछि परिवारले बुटवल, भैरहवामा मात्रै होइन चितवन र काठमाडौंका अस्पतालमा समेत बेडका लागि हारगुहार गरे। आफन्त नातागोता मार्फत भनसुन समेत लगाए। स्थानीय सरकारलाई गुहारे तर केही लागेन। अन्तत् प्रादेशिक अस्पतालकै ईमर्जेन्सीमा सामान्य अक्सिजनका भरमा छटपटाउँदा छटपटाउँदै ती संक्रमितको बुधबार बिहान मृत्यु भयो।
सुद्धोधनका अर्का एक जना संक्रमितलाइ पनि बुटवल भैरहवाका अस्पतालमा बेड नपाएपछि फर्काएर आइसोलेसनमा राखियो। उपचार अभावमा छटपटाउँदा छटपटाउँदै उनको पनि बुधबार मत्यु भयो। रूपन्देहीमा मात्रै बुधबार १३ जना संक्रमतिको मृत्यु भयो। प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ६६० नाघेको छ। संक्रिय संक्रमितको संख्या १४ हजार नाघेको छ। बुधबार मात्रै करिब एक हजार संक्रमित थपिएका छन्। तीमध्ये अधिकांश लक्षणसहितका बिरामी रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
लक्षणसहितका संक्रमितको संख्या बढेसँगै प्रदेशको अस्थायी मुकाम बुटवलमै संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडक पेटीमै मृत्युवरण गरिरहेका छन्। तर प्रदेश सरकार भने सत्ता र शक्तिको नांगो नाच देखाइरहेको छ। जनताले उपचार नपाएर ज्यान गुमाइरहँदा मुख्यमन्त्री शंकर पोखरेल आफ्नो कुर्सी जोगाउन आफ्नै पार्टीका असन्तुष्ट सांसदहरूलाई मन्त्री पद उपहार दिएर फकाउनमै व्यस्त छन्। सत्ता र शक्तिको दाउपेचमा मुख्यमन्त्री पाखेरेलले दुईदिनमा २ जना स्वास्थ्य मन्त्री फेरेका छन्।
लक्षणसहितका संक्रमितको संख्या बढेसँगै प्रदेशको अस्थायी मुकाम बुटवलमै संक्रमितले अस्पतालमा बेड र अक्सिजन नपाएर सडक पेटीमै मृत्युवरण गरिरहेका छन्। तर प्रदेश सरकार भने सत्ता र शक्तिको नांगो नाच देखाइरहेको छ। जनताले उपचार नपाएर ज्यान गुमाइरहँदा मुख्यमन्त्री शंकर पोखरेल आफ्नो कुर्सी जोगाउन आफ्नै पार्टीका असन्तुष्ट सांसदहरूलाई मन्त्री पद उपहार दिएर फकाउनमै व्यस्त छन्। सत्ता र शक्तिको दाउपेचमा मुख्यमन्त्री पाखेरेलले दुईदिनमा २ जना स्वास्थ्य मन्त्री फेरेका छन्।
वैशाख १९ गते हरि रिजाललाई दिइएको सामाजिक विकास मन्त्रालय अन्तर्गतकै स्वास्थ्य मन्त्रालयलाई भागबन्डा मिलाउन मंगलबार टुक्र्याएर भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइयो। दिन बिराएर मन्त्री फेरिँदा प्रदेशको स्वास्थ्य अवस्था र योजनाका सम्बन्धमा छलफल समेत हुन नपाएको स्वास्थ्य निर्देशनालयका एक उच्च अधिकारीले बताए।
प्रदेशका १२ वटै जिल्लामा कोरोना संंक्रमितको संख्या दिनहुँ बढीरहेको छ। रूपन्देही र बाँकेमा त यसले भयावह रूपनै लिएको छ। तर कोरोना संक्रमण पुष्टि भएर जटिल स्वास्थ्य समस्या देखिएका बिरामीहरूले सामान्य अक्सिजन समेत पाएका छैनन्। यसको व्यवस्थापनमा मुख्यमन्त्री र प्रदेश सरकारले कुनै चासो दिएको देखिँदैन। उपचारको अभावमा बिरामीको सडकमै मृत्युवरण हुँदा समेत पोखरेल नेतृत्वको प्रदेश सरकार भने रमिते बनेको छ। कोभिड–१९ विरुद्ध लड्न सबै शक्ति लगाउनु पर्ने यस्तो अवस्थामा मुख्यमन्त्री पोखरेलले आफ्नो अल्पमतको कुर्सी जोगाउन मन्त्रालय फुटाएर सांसदको व्यवस्थापनमा लागेको राजनीतिक विश्लेषक डा. बुद्धबहादुर थापा बताउँछन्।
मुख्यमन्त्रीले आफ्नै पार्टीका सांसद व्यवस्थापनका लागि ४ दिनमा ६ वटा मन्त्रालय फुटाएर १० वटा बनाएका छन्। तर कोभिड–१९ विरुद्ध लड्न एक वर्षको अवधिमा न पूवार्धार विस्तार गरे न जनशक्ति व्यवस्थापन। जसका कारण कोरोनाको दोस्रो लहरले भयावह रूप लिँदा समेत प्रदेशको स्वास्थ्य पूर्वाधार र जनशक्तिको अवस्था एक वर्ष अघि जे थियो अहिले पनि त्यसैमा सञ्चालन भइरहेको छ। बुटवल, भैरहवा, दाङ र बाँकेमा सञ्चालित कोभिड अस्पतालहरू भरिभराउ छन्। ती अस्पतामा बेडसँगै स्वास्थ्यकर्मी र उपकरणको चरम अभाव छ।
अस्पतालमा उपकरण र जनशक्ति अभाव
भैरहवाको भिम अस्पतालको आईसियू, एचडियू बेड भरिएर गल्ली, भुइँ पेटीमा सामान्य अक्सिजनको भरमा बिरामीहरू कोरोनासँग लडिरहेका छन्। गत वर्ष नै ५० बेडको कोभिड अस्पताल भनेर प्रचार गरिएको यहाँ ५ बेड आईसियू र २२ वटा एचडियु छन्। ती बाहेक जनरल वार्डका बेड भरिएर भुइँ, गल्ली र बाहिर पेटीमै राखेर गम्भीर संक्रमितको उपचार गरेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए। बेडसँगै जनशक्ति अभाव अर्को समस्या हो। यो अस्पतालमा जनरल फिजिसियन नै छैनन्। ५ जना मेडिकल अधिकृत, १ जना एनेस्थेशियन र १४ जना नर्स छन्। प्रदेश सरकार समक्ष जनशक्ति व्यवस्थापका लागि थुप्रै पटक माग गरेपनि कुनै सुनुवाइ नभएको डा. पोखरेलले बताए।
परिक्षण सुस्त
प्रदेशमा अहिले कोरोना परिक्षणका लागि किटको समेत अभाव छ। जसका कारण ‘भुसको आगो’ जस्तै समुदायमा फैलिएको कोरोना संक्रमण रोक्न कन्ट्रायाक्ट ट्रेसिंग हुन सकेको छैन। लक्षण देखिएका बिरामीले समेत चाहेका बेला तत्कालै परिक्षण गर्न पाइरहेका छैनन्। स्वास्थ्य कार्यालय रूपन्देहीका स्वास्थ्य निरीक्षक केदारनाथ शाहले समुदायमा ठूलो संख्यामा फैलिएकाले कन्ट्रयाक्ट ट्रेसिङका लागि सम्भव नभएको बताए।
प्रकाशित: २३ वैशाख २०७८ ०१:५७ बिहीबार