१० मंसिर २०८१ सोमबार
image/svg+xml

अध्यागमन विभागका अधिकृत पक्राउ

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले नक्कली कागजातको आधारमा विदेश पठाउने गिरोहलाई निगरानी राख्ने क्रममा उनी पक्राउ परेका हुन्।

अनुसन्धानमा तानिए अध्यागमन प्रमुख झलकराम

दावासँग सम्पर्क र सम्बन्ध देखिएपछि गृह मन्त्रालयले उनलाई बिहीबार नै अतिरिक्त समूहमा काज सरुवा गरेको छ। अधिकारी र दावाबीच विच्याटमा कुराकानी भएको र त्यसमा लेनदेनको समेत कुराकानी भएको भन्ने समाचारहरू प्रकाशित भएपछि मन्त्रालयले उनको काज सरुवा गरेको हो।

दावा लामासँग सम्पर्क गरेकाे आरोपमा अध्यागमनका महानिर्देशक अतिरिक्तमा तानिए

सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा लामासँग नियमित सम्पर्कमा रहेको सूचना प्राप्त भएपछि उनलाई अतिरिक्त समूहमा लगिएको उच्च स्रोतले नागरिकन्यूजलाई बतायो।

विदेशीलाई जथाभावी नथुन्न परमादेश

सर्वोच्च अदालतले विदेशी नागरिकलाई जथाभावी थुनेको भन्दै अध्यागमन विभागको निर्णयविरुद्ध परमादेशको आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विदेशी नागरिकलाई काठमाडौं सुन्धाराको जगन्नाथदेवल कारागारमा कानुनविपरीत थुनेको भन्दै आफ्नै देश फिर्ता पठाउने गरी परमादेश जारी गरेको हो।

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

अध्यागमनको सर्भर डाउन,अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गर्न पुगे गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेको छ।

श्रमिकलाई रोकेर अध्यागमनको ज्यादती

विदेशमा बस्नेहरूले पठाएको रेमिट्यान्सबाट चलिरहेको मुलुकमा सबै प्रक्रिया पूरा गरेर विदेश जान लागेकाहरूलाई रोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले बेलाबेलामा ज्यादती गर्दै आएको छ। बुधबार राति १०१ र बिहीबार बिहान १६ गरी कुवेत जान लागेका ११७ जनालाई विमानस्थलबाटै फर्काएर अध्यागमनले ज्यादतीको अर्को नमुना पेस गरेको छ।

चार्ल्स शोभराजलाई आजै स्वदेश पठाउँन टिकट बुझ्दै अध्यागमन विभाग

अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीले उनलाई आजै स्वेदश पठाउनको लागि फलाइट टिकट बुझ्दैगरेको जानकारी दिएका छन्।

नेपालमा पर्यटकको संख्या बढ्यो

कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ।

मे महिनामा मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट १२ हजार भित्रिए, २३ हजार बाहिरिए

अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन्। जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन्।

भिजिट भिसामा नयाँ प्रस्तावको चर्को विरोध, अध्यागमन घेराउ

भिजिट भिसा लिएर विदेश जाने महिलालाई स्थानीय तहको सिफारिस तथा घरपरिवारको सहमति चाहिने मस्यौदा प्रस्तावबाट पछि हट्ने संकेत सरकारले दिएको छ। अध्यागमन विभागले विदेश जाने महिलालाई अनिवार्य रूपमा स्थानीय तहको सिफारिस तथा घरपरिवारको सहमति चाहिने निर्णय गराउन गृह मन्त्रालयमा आन्तरिक कार्यविधि संशोधनको प्रस्ताव गरेपछि चर्को विरोध भइरहेको छ।

महिला विदेश जाँदा सिफारिसका विषयमा निर्णय भएको छैनः अध्यागमन विभाग

पछिल्ला केही दिनयता भिजिट भिसामा जाँदा अनिवार्यरूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय हुन लागेको भन्ने विषयमा भएको चर्चाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा कुनै पनि निर्णय नभएको भन्दै भ्रममा नपर्न अनुरोध गरेको छ।

रोकिएका पर्यटक भन्छन्: ‘घर फर्किन डर भो, नेपालमै बस्न पाउँ’

उरुग्वेका मार्टिन ओलास्कोआगा गत मार्चदेखि पोखरामा छन् । खासमा उनी पोखरा घुमघाम सहित विभिन्न क्षेत्रको पदयात्राका लागि आएका थिए । तर, कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनको मारमा उनी परे । लकडाउनले पोखरामै रोकिएका उनको पदयात्रा पुरा हुन सकेन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्