७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दावा लामासँग सम्पर्क गरेकाे आरोपमा अध्यागमनका महानिर्देशक अतिरिक्तमा तानिए

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी।

सरकारले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई अतिरिक्त समूहमा तानेको छ। सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा लामासँग नियमित सम्पर्कमा रहेको सूचना प्राप्त भएपछि उनलाई अतिरिक्त समूहमा लगिएको उच्च स्रोतले नागरिकन्यूजलाई बतायो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले बुधबारको प्रतिनिधिसभा बैठकमा एक जना बहालवाला महानिर्देशक सुन प्रकरणमा प्रक्राउ परेका चिनिया“ नागरिकसँग नियमित सम्पर्कमा रहेको सूचना आफुलाई प्राप्त भएको बताएका थिए। यसअघि महानिर्देशक अधिकारी र लामाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो।

प्रकाशित: ७ भाद्र २०८० ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App