२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अध्यागमन विभागका अधिकृत पक्राउ

नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्।

बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ। 

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले नक्कली कागजातको आधारमा विदेश पठाउने गिरोहलाई निगरानी राख्ने क्रममा उनी पक्राउ परेका हुन्। 

प्रकाशित: २७ मंसिर २०८० ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App