१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

विमानस्थल सुरक्षाका बारेमा सिंहदरबारमा बुधबार आयोजित छलफल कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाललागयत। तस्बिर: रासस

त्रिभुवन विमानस्थलबाट तस्करीको सुन बरामद भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल सुरक्षाका लागि अध्ययन कार्यदल बनाउन निर्देशन दिएका छन्। दुई उपप्रधानमन्त्रीसहित सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव, चारवटै सुरक्षा निकायका प्रमुखसँग विमानस्थल सुरक्षा संयन्त्रबारे छलफल गर्दै सुरक्षा संयन्त्र बलियो बनाउनका लागि अध्ययन कार्यदल बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

विमानस्थल सुरक्षाबारे प्रधानमन्त्री दाहालले सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा अंगका प्रमुखसँग छलफल गर्नुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर र विमानस्थल सुरक्षा गार्ड प्रमुख डिआइजी अर्जुन चन्दसँग छुट्टै छलफल गरेका थिए। त्यसक्रममा विमानस्थलबाट अहिले कार्यरत रहेका सबै टिम नै परिवर्तन गर्नुपर्ने अवस्था आए पनि तयार रहन निर्देशन दिएका थिए।

‘प्रधानमन्त्रीले आइजिपीले र विमानस्थलको सुरक्षा कमाण्ड गरेका डिआइजीलाई बोलाएर शान्ति सुरक्षाबारेमा बुझ्नुभएको हो,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने।

विमानस्थल सुरक्षाबारे प्रधानमन्त्री दाहालले सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा अंगका प्रमुखसँग छलफल गर्नुअघि प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर र विमानस्थल सुरक्षा गार्ड प्रमुख डिआइजी अर्जुन चन्दसँग छुट्टै छलफल गरेका थिए।

साउन ३ गते विमानस्थलबाहिरबाट करिब ६१ किलो सुन बरामद भएपछि विमानस्थल सुरक्षाबारे प्रश्न उठेको थियो। त्यसपछि गृहमन्त्री तथा अर्थमन्त्रीले विमानस्थल सुरक्षाबारेमा चासो राखेका थिए।

प्रधानमन्त्रीले आइजिपी र डिआइजीसँग छलफल गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसहित बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। त्यस क्रममा विमानस्थलको सुरक्षाका लागि प्रधानमन्त्रीले भन्सार र अध्यागमनमा पनि प्रहरी राख्न सकिने संकेत गरेको स्रोतको दाबी छ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्का उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरण महत, पर्यटनमन्त्री सुदन किराँती, मुख्यसचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा लगायतको उपस्थिति रहेको सो बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले अध्यागमन विभाग र भन्सारमा प्रहरी राखेर सुरक्षा जाँच गर्नुपर्नेै प्रस्ताव गरिएकोमा प्रधानमन्त्री दाहाल सकारात्मक बनेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीले आइजिपी र डिआइजीसँग छलफल गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसहित बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीले बोलाएको सो बैठकमा राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरू, नागरिक उडड्यन प्राधिकरणका प्रमुखलगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीको बैठकमा श्रेष्ठले अध्यागमन र भन्सारमा प्रहरीको उपस्थिति नहुँदा समस्या उत्पन्न भएको र नीतिगत निर्णय नै गरेर प्रहरीको पनि उपस्थिति रहनुपर्ने प्रस्ताव गरेका थिए। विमानस्थलाको सुरक्षा प्रबन्ध कमजोर हुँदा मुलुकको छबिमा असर परेको समेत प्रधानमन्त्रीको गुनासो थियो।

‘राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्नेमा उहाँको जोड रहेको थियो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सहभागी एक सचिवले भने।

प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार पनि विमानस्थल सुरक्षाका लागि चाँडै नै कार्यदल बनाइने उल्लेख छ। ‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे गम्भीर समीक्षा र अध्ययन गर्ने बेला छ, छिट्टै विज्ञ र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधि रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ हामी छिट्टै एउटा निर्णयमा पुग्छौं,’ प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। छलफलको क्रममा गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थललगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारी एवं वर्तमान अवस्थालगायत सुरक्षा चुनौतीबारे ब्रिफिङ गरेका थिए।

सात चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार र बुधबार गरी ७ जना पक्राउ गरेको छ। मंगलबार तीन जना र बुधबार ७ जना चिनियाँलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

मंगलबार पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ छन्। त्यसैगरी बुधबार पक्राउ पर्नेमा चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा रहेको बताइएको छ।

चीन जान लागेका उनीहरूलाई विमानस्थलबाट पक्राउ गरेको हो। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ। राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक सु’ बरामद गरेको विषयमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको हो।

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार र बुधबार गरी ७ जना पक्राउ गरेको छ। मंगलबार तीन जना र बुधबार ७ जना चिनियाँलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक सुसहितको तौल लिइएको थियो। सिआइबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको सुन करिब ६१ किलो मात्र रहेको छ। सिआइबीले संगठित अपराधका अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा प्रहरीले अन्तरदेशीय अपराधमा पनि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ३२ श्रावण २०८० ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App