सत्तारूढ दलको बैठक बालुवाटारमा बस्दै
बैठकमा न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ।
ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत आफूविरुद्ध प्रयोग भएको बताए।
नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२ र नेकपा (एकीकृत समाजवादी) का ३ तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले मङ्गलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश १ बाट एमालेका मुख्यमन्त्री भीम आचार्यले राजनामा दिएसँगै सबै प्रदेश सरकारबाट एमाले बाहिरिएको छ।
संसद् बैठक बस्ने भएपछि दसैँ मनाउन गृह जिल्ला गएका धेरै सांसद काठमाडौं आइसकेका छन्। उपत्यका नजिकका जिल्लाका कतिपय सांसद आइसकेको र कतिपय बिहीबार बिहान आउने तयारी गरेको जानकारी दिएका छन्।
आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन तरुण दलको मुख्य भुमिका हुने भएकाले सबै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्नतर्फ जोड दिनुपर्ने तरुण अध्यक्ष तुलबहादुर बोहोराले बताए।
गाउँघरमा हुने उत्सव होस् या अन्य गतिविधिमा प्राय बच्ने मादल अचेल बिक्री हुन छाडेको छ। बजारमा नयाँ नयाँ बाजा तथा प्रविधिको प्रयोग बढेसंगै मादल बिक्री हुन छाडेको हो।
संवैधानिक निकायमा भाग खोजेको, मन्त्री बनाउन आफ्ना उम्मेदवार दिएको र राजदूत तथा अन्य नियुक्तिसमेतमा नाम जोडिएपछि न्यायालय विवादको भुमरीमा परेको छ।यो स्थितिबाट न्यायालयलाई बाहिर निकाल्न अब उनको बहिर्गमनमात्र विकल्प देखिएको छ। यही स्थितिमा न्यायालय अगाडि बढ्न सक्ने स्थिति छैन।
सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ।
परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा बाढीको क्षति अवलोकन गर्न प्रदेश १ को भ्रमणमा आएको र आन्तरिक तयारी पनि गर्नुपर्ने कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संदको बैठक रोक्न माग गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ हजारभन्दा बढी वडामा शनिबार नयाँ नेतृत्व चयन गरेको छ। दसौं महाधिवेशनको सम्मुखमा सबै तहमा नेतृत्व छान्ने क्रममा एकै दिन देशभरका ६ हजारभन्दा बढी वडामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चुनेको हो। मुलुकभरि ६ हजार ७ सय ४५ वडा छन्। अधिवेशन हुन बाँकी वडामा एक साताभित्रै सम्पन्न गर्ने एमालेले जनाएको छ।
शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए।
हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सरकार विस्तारमा बहालवाला प्रधानन्यायाधीशको समेत भाग पूरा गर्ने जुन प्रवृत्ति देखिएको छ, यसले कुनै अर्थमा लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदैन।