coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले माग गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा बाढीको क्षति अवलोकन गर्न प्रदेश १ को भ्रमणमा आएको र आन्तरिक तयारी पनि गर्नुपर्ने कारण देखाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संदको बैठक रोक्न माग गरेको हो।  

नेपाली कांग्रेस प्रदेश १ का संदीय दलका नेता राजीव कोइरालाले प्रधानमन्त्रीको बाढी प्रभावित क्षेत्रको भ्रमण र आन्तरिक तयारी पुरा नभएका कारण बैठक रोक्न माग गरिएको बताए। सत्तारुढ दलले आफ्ना केहि सांसदहरूलाई प्रलोभनमा पारेको सूचनासमेत आएकाले तत्कालका लागि बैठक स्थगित गर्न माग गरिएको  जनाएको छ। नेता कोइरालाले भने‘सत्तापक्षले केहि समानुपातिक सांसदहरूलाई प्रलोभनमा पारेको सूचना आएका कारण थप आन्तरिक तयारी  गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गर्न माग गरिएको हो।’  

यस्तै सत्तारुढ नेकपा एमालेले दशौं महाअधिवेशन अन्तर्गत  कात्तिक ९ गते पालिका अधिवेशन,कात्तिक ११ गते स्थायी कमिटी बैठक, १२ र १३ गते केन्द्रीय कमिटी बैठक भएकाले कात्तिक १५ गतेसम्मलाई प्रदेशसभा बैठक स्थगित गर्न माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए। प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि शुक्रबारको बैठकमा प्रस्ताव पेश गरिसकेका छन्। आइतबार साँढे १२ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।  

प्रकाशित: ७ कार्तिक २०७८ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App