coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हामी नभएको भए, १७ साल अस्ति नै आइसक्थ्यो: ओली

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धनलाई देश र संविधान समेत नचाहिएको बताएका छन्। आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देश र संविधानको विरुद्धमा रहेको बताए।

ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए। ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो, यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ।

उनले सत्तारुढ गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाए। ‘अहिले यो ५ दलीय गठबन्धन छ नि! बर्का राधे राधे लगाएका हुन् कि? राम राम लगाका हुन् कि कृष्ण कृष्ण। यी सबै लोकतन्त्रका भक्षकहरु हुन्। भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ।’

ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत आफूविरुद्ध प्रयोग भएको बताए। उनले भने,‘हामी सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो। सेना पुलिस प्रयोग हुन पाएन। अदालत प्रयोग गर्दै पुग्ने भएकाले प्रधानमन्त्री छुट्टी र अर्को प्रधानमन्त्री चयन गरियो।’

प्रकाशित: २१ कार्तिक २०७८ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App