संघीयता र विकासको (बे)ताल
प्रदेश र संघीय सरकार स्थापनापश्चात तीन तहको सरकारले संयुक्तरूपमा गर्नुपर्ने कार्यसम्पादनको तालमेल नमिल्दा संघीयता र विकास पद्धतिका बारेमा प्रशस्त टिकाटिप्पणी हुन थालेका छन्।
प्रदेश र संघीय सरकार स्थापनापश्चात तीन तहको सरकारले संयुक्तरूपमा गर्नुपर्ने कार्यसम्पादनको तालमेल नमिल्दा संघीयता र विकास पद्धतिका बारेमा प्रशस्त टिकाटिप्पणी हुन थालेका छन्।
भनिन्छ, प्रमुख जिल्ला अधिकारी वा प्रशासक र सर्वसाधारणको सम्बन्ध सुमधुुर हुँदैन। सर्वसाधारणको केही न केही गुनासो प्रशासकसँग भइरहेको हुन्छ। तर डेढ वर्षअघि देखि बर्दियाको प्रजिअ सम्हालेका रामबहादुर कुरुम्बाङ प्रशासक र सर्वसाधारणबीच सुमधुर सम्बन्ध बनाउन सफल भई बिदा पनि भएका छन्।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा रहेको आविष्कार केन्द्र पुग्दा १० मिनेट पर्खन लगाए । त्यतिञ्जेल हामीले आविष्कार केन्द्र अवलोकन गर्यौँ ।
नारायणपुरस्थित देवः विकास बैंकको १८ करोड रकम हिहिनामिना प्रकरणमा बैंक सञ्चालक तथा सिइओकै मुख्य हात रहेको खुलेको छ।
सन्धि र परिपत्रहरुमा दुई देशबीच सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउने भनिएता पनि नेपाल भारतसँग झन धेरै परनिर्भर हुँदै आएको तथ्यलाई पुस्तकको विभिन्न अध्यायमा चर्चा गरिएकोे छ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले समृद्धि र विकासका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् ।
आर्थिक असमानतासँगै प्राकृतिक प्रकोप र अन्य जोखिममा गरिबी गाँजिएको छ। राजनीतिक द्वन्द्वले पनि यसलाई थप बढावा दिएको छ। वास्तवमा २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्रको अभ्यासले निरन्तरता पाउन सकेको भए धेरै अर्थमा मुलुकको आर्थिक अवस्था सकारात्मक रूपमा अघि बढ्न सक्ने थियो।
ओलीले विकास निर्माणमा सरकारले छलाङ मारेको बताउँदै आए पनि न त सरकारी तथ्यांकले त्यसलाई पुष्टि गर्न सकेको छ न सर्वसाधारणले नै काम भएको महसुस गरेका छन्।
सम्झौता अनुरुप काम भएको भए अहिले रुपन्देहीको बेलहिया नाकामा ६ लेनको फराकिलो सडक बनिसक्थ्यो। दायाँबायाँ फुटपाथ र सर्भिस लेनसहितको सडकले सवारी आवागमन सहज हुन्थ्यो। पर्यटकहरुको नेपाल प्रवेश पनि सुविधा जनक हुन्थ्यो। किनकी यो नाका देशकै दोश्रो ठुलो व्यापारिक नाका हो। स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रने नाका पनि यही हो।
भ्रमण हुने बेलामा मुलुकमा महान् चाड दसैँ चलिरहेको थियो। दसैँकै बीचमा पनि यसपटक निरन्तर सडकमा काम भइरहेको देखिनु आफैँमा सुखद आश्चर्य हो। विगतमा दसैँ, तिहार र छठसम्म खासै काम भएको देखिँदैनथ्यो। सडकमा कालोपत्रे गर्नेदेखि सडक किनाराका रेलिङ आदिमा रंगरोगन गर्ने काम पनि निरन्तर भएको देखिएको हो।
चीनले गरेको विकासबाट सिकेर हामीले काम गरेनौं, केवल त्यहाँको राजनीतिक सिद्धान्त पैठारी ग¥यौं भने हाम्रो भविष्य छैन।
‘मुलुकमा विकास र समृद्धिका लागि धेरै काम भएका छन्। आँखा चिम्लेर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेर्नुपर्छ। लोकतन्त्र आएको छ। मुलुकले विकासको बाटो समातेको छ। नयाँ गतिका साथ देशलाई अघि बढाएका छौं। आँखा खोलेपछि मात्र सबै देखिन्छ।’
टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिता असोज ३० गते बिहीबारदेखि हुने भएको छ। नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना र विकास शिल्ड समितिको सहयोगमा आयोजना हुने प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिताका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए।
साढे ११ खर्ब खर्च गरेर सरकारले कार्यान्वयनमा ल्याएको सात बर्से विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को मध्यवर्ती समीक्षाले सरकारले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजामा ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरू विज्ञान र गणित विषयमा अपेक्षित लक्ष्यभन्दा कमजोर रहेको देखिएको छ। अधिकतर विद्यार्थीले विज्ञान र गणित विषयमा ४० प्रतिशतभन्दा कम अंक प्राप्त गरेका छन् भने अंग्रेजी विषयमा समेत विद्यार्थीको नतिजा ४० प्रतिशभन्दा मुनि रहेको छ।
आइतबार भएको २० बुँदे समझदारीभित्र कर्णालीको ‘लाइफलाइन’ समेटियो। ‘प्रदेश सरकारले अघि सारेको योजना सफल भयो,’ नागरिकसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको विकास र समृद्धिको ढोका यहीँ लाइफलाइनले खोल्नेमा हामी ढुक्क छौं।’