७ वैशाख २०८१ शुक्रबार
समाज

विकासप्रेमी प्रजिअ कुरुम्बाङ : ८ पालिका र २० वटा संघसंस्थाद्वारा बिदाइ

बर्दिया - भनिन्छ, प्रमुख जिल्ला अधिकारी वा प्रशासक र सर्वसाधारणको सम्बन्ध सुमधुुर हुँदैन। सर्वसाधारणको केही न केही गुनासो प्रशासकसँग भइरहेको हुन्छ। तर डेढ वर्षअघि देखि बर्दियाको प्रजिअ सम्हालेका रामबहादुर कुरुम्बाङ प्रशासक र सर्वसाधारणबीच सुमधुर सम्बन्ध बनाउन सफल भई बिदा पनि भएका छन्।

नेतृत्वमा डेढ वर्षमा जति पनि विकास निर्माणका काम भए तिनमा सर्वसाधारणले हातेमालो गरे। विकास निर्माण, खुला सीमाका कारण हुने अपराध र राष्ट्रसेवक कर्मचारीले गर्ने कमजोरी सुधार्न सफल भएका उनी जनताका प्रिय प्रजिअ बने।

जिल्लाको विकासमा फड्को मार्न अहोरात्र खटिएर विकासप्रेमी प्रजिअ भनेर परिचित उनले सुरक्षा देखाएको तदारुकताकै कारण आम मानिसले खुलेर उनको प्रशंसा गरेका हुन्। सडक विस्तार, घुम्ती शिविर सञ्चालनमार्फत सरकारी सेवा घरदैलोमा पु¥याएर सर्वसाधारणसँग नजिक भएका उनको काम देखेर स्थानीय दंग भए। शुक्रबार गृह मन्त्रालयले निकालेको सरुवामा जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट जिल्ला प्रशासन कार्यालय, स्याङजामा उनको सरुवा भएको छ।

गुलरिया नगरपालिकासहित जिल्लाका ६ नगरपालिका र २ गाउँपालिका गरी ८ पालिका तथा २० वटा संघसंस्थाले प्रजिअ कुरुम्बाङको संयुक्त रूपमा आयोजना गरेको बिदाइ कार्यक्रममा सर्वसाधारणले मन थाम्न सकेनन्। फलस्वरूप शान्तिसुरक्षा, विकास र अपराध नियन्त्रणजस्ता काममा उनको कुशल नेतृत्वको योगदानबारे प्रशंसा गर्न जिल्लावासी बाध्य भए।

सेवाग्राहीको मन जितेर प्रिय बनेका प्रजिअ कुरुम्बाङको जिल्लास्थित जनप्रतिनिधिले उनको सुखद भविष्यको कामना गरे। समग्र जिल्लावासीले प्रशासन र प्रहरीलाई गरेको सहयोगको उनले चर्चा गरे।

विकासोन्मुख जिल्ला भएकाले सबै पालिकाले विकास निर्माण देखाएको तदारुकताले छोटो समयमा विकासले काँचुली फेरेको उनको भनाइ छ। यसअघिका जिल्लामा बस्दाको अनुभव सेयर गर्दै उनले भने, ‘यस जिल्लामा बस्दा कुनै किसिमको राजनीतिक नेतृत्वको दबाबको सामना गर्न परेन।’

प्रकाशित: ८ कार्तिक २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App