१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योगको लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय

नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ।

बुधबार बसेको समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो। बैठकमा ऊर्जामन्त्री दीपक खड्काले उद्योगको लाइन नकाट्ने प्रस्ताव गरेका थिए। बैठकले सो प्रस्तावलाई पारित गरेको हो।

मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो।  

यसअघि प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो।

सरकारले काटिएको विद्युत जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो।  

प्रकाशित: १२ मंसिर २०८१ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App