२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विकास रनिङ शिल्ड बिहीबारदेखि

चितवन - टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिता असोज ३० गते बिहीबारदेखि हुने भएको छ।  नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना र विकास शिल्ड समितिको सहयोगमा आयोजना हुने प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिताका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहनेछ। समूह ‘क’ मा चितवन ११, झापा ११, सशस्त्र प्रहरी बल टिम, मकवानपुर ११, नेपाल आर्मी क्लब र समूह ‘ख’ मा संकटा क्लब, सरस्वती युवा क्लब काठमाडौं, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, युनाइटेड दार्जिलिङ रहेका छन्। प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ र उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन्।

प्रतियोगिता कात्तिक ९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको करिब ६० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। क्वार्टरफाइनलसम्म एक सय र दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। सेमिफाइनल र फाइनलका लागि दुई सय र तीन सय रुपैयाँ टिकट रहने संयोजक श्रेष्ठले बताए।

 

प्रकाशित: २९ आश्विन २०७६ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App