१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।

सिरहामा रकमसहित दुईजना प्रहरी नियन्त्रणमा

सिरहा क्षेत्र नम्बर २ को सोनवर्सा चोकबाट नवराजपुर ५ का विनोद यादव र सोही गाउँपालिका वडा नम्बर ३ का नागेश्वर यादवलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरी प्रमुख अर्जुन तिम्लिसिनाले जानकारी दिए।

दुर्घटनामा परी तीन जनाको मृत्यु

सिरहाको कल्याणपुर मिर्चैया नगरपालिकामा भएको सवारी दुर्घटनामा परी बुधबार राति तीन जनाको मृत्यु भएको छ। कल्याणपुरमा ट्याक्टर पल्टिँदा किचिएर दुई जनाको र मिर्चैयामा दुई मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी असई हत्याः तीन सदस्यीय छानवीन समिति गठन

अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो।

पानी तान्ने मोटर मर्मत गर्न इनारभित्र पसेका बुबाछोराको मृत्यु

पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला विजयलाई करेन्ट लागेपछि बचाउन पुगेका छोरा अमरलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ। बुबाछोराको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मधेसमा तस्करीको डरलाग्दो रुपः रोक्न खोज्दा मदिरा तस्करले किचेर मारे भारतीय सशस्त्र प्रहरी

भारतीय शसस्त्र सीमा बलका हेड कन्सटेबललाई किचेर मार्नेसम्मको आट भएका मदिरा तस्करका खिलाफ हामी बोल्ने हिम्मत गर्न सक्छौं एक जेष्ठ नागरिकले भने, ‘यताका सशस्त्र र नेपाली प्रहरी सबै मिलेर यो धन्दा चलिरहेको छ। हामी बोल्यो भने ज्यानको जोखिम छ उनले भने, ‘हामी मात्र होइन्, सीमाञ्चलका अधिकांश मानिस तस्करको डरले थरथर काप्छन्।’

मधेस प्रदेशमा तस्कर राज, सेटिङमा चम्कदै तस्करी धन्दा

तस्करीका सामानसहित माडर नाका क्षेत्रबाट भित्रिएको उक्त कारको प्रवेश लागत माडर भन्सारमा छैन्। गत्त आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको आधिकारिक रेकर्ड नभएको कार्यालयले जनाएको छ। यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाका बाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेकाे बोर्डर आउटपोष्ट माड्रले जनाएको छ।

प्रादेशिक अस्पताल सिरहा मधेस प्रदेशमै पहिलो

‘एमएसएस मूल्यांकनमा मधेस प्रदेशकै पहिलो भएका छौं, उनले भने,‘त्यतिमात्र होईन नेपालका अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेका छौं।’

इनारभित्र साहको शव फेला

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

सिरहामा एमालेका वर्चस्व

स्थानीय तह निर्वाचन २०७९ को मतगणना परिणामले सिरहामा नेकपा एमाले र जसपाको वर्चस्व देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आइसेका ६ पालिकामध्ये ४ पालिकामा एमाले जित दर्ज गरेका छन्।

सिरहामा जसपाका वडा अध्यक्ष विजयी

यादवले ५११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजदेव यादवले ४११ मत प्राप्त गरेका थिए।

पार्टी र उम्मेदवारको मत माग्ने पत्रकारमाथि कारबाही

नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार आचारसंहिता विपरीत गतिविधी गरेको भन्दै दुईजना पत्रकारमाथि कारबाही अघि बढाएको छ।

बाख्रा र कुखुरामा रुमलिएको समृद्धि

गरिबी निवारणका धेरै कार्यक्रम छन् सरकारसँग। गरिबी निवारण जोडिएको मन्त्रालय नै खडा छ। केही समयअघिसम्म गरिबी निवारण कोष नै खडा थियो। यसरी गरिबी निवारण गर्ने क्रममा आफूले थुप्रै गरिबका घर बनाइदिएको दाबी पनि गर्दै आएको छ बेलाबेलामा।

उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्