२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

पार्टी र उम्मेदवारको मत माग्ने पत्रकारमाथि कारबाही

नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार आचारसंहिता विपरीत गतिविधी गरेको भन्दै दुईजना पत्रकारमाथि कारबाही अघि बढाएको छ।

आसन्न स्थानीय तह निर्वाचनमा राजनीतिक पार्टी र उम्मेदवार विशेषका लागि सामाजिक सञ्जालमार्फत मत मागेको भन्दै पत्रकार जीवछ यादव ‘उदासी’ र फिरोज सिद्धिकीलाई स्पष्टिकरण सोधेर कारबाही सुरु गरिएको महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले जानकारी दिए।

अध्यक्ष मनोज वनैताले जारी गरेको विज्ञप्तिमा ‘पत्रकारद्वय यादव र सिद्धिकीले सामाजिक सञ्जालमार्फत व्यक्ति विशेष तथा पार्टीको मत मागेको गुनासाहरु आएकाले त्यसप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘पत्रकारद्वय यादव र सिद्धिकीलाई किन करबाही नगर्ने सम्बन्धमा महासंघ कार्यसमितिले स्पष्टिकरण सोधेको छ।

प्रकाशित: १६ वैशाख २०७९ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App