१३ आश्विन २०८१ आइतबार
image/svg+xml

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ।

सुरु भयो छठ अनुष्ठान

प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।

मधेसका किसानको सदाबहार पिरलो ‘जल’

सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव सधैं पिरोलिने कारण हो, जल अर्थात् पानी। अर्को कारण हो मल। पानी अभावमा सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा जमिन बाँझो राख्नु परेर पिरोलिने उनी अहिले भकारीमा भित्र्याउने धान खेतमै डुब्दा पिरोलिएका छन्।

खलबलिँदै नाता सम्बन्ध : पतिको हत्या आरोपमा पक्राउ

मधेस र पहाडको फरकफरक सामाजिक परिवेशमा पत्नीद्वारा पति र नजिकको नाताका भाइको संलग्नतामा दाजुको परिवारका सदस्यको सामूहिक हत्या घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएको छ।

‘शक्ति र पैसा कमाउन मन्त्री बन्न मरिहत्ते’

राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ।

माडर भन्सार नाका : बिरामीलाई रोक, तस्करलाई खुल्ला

‘घरी म बिन्ती गर्थें, घरी मेरो भाइ कमरे आलम र भिनाजु मोहम्मद ईशा तर सशस्त्र प्रहरीका ड्युटी इन्चार्ज कसैको बिन्ती सुन्नुभएन’, नुरेले भने, ‘कुनै सीप नलागेपछि पैदलै हामी नेपालको सरहद(सीमा) पुग्यौं।'

निर्माण नसकिँदै भासियो कमला नदीको पुल

पुलमा सवारी साधन नचल्दै पुलको स्पान धसिनुमा गलत डिजाइन वा डिजाइन विपरित काम भएको हुन सक्छ कणेलले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर भनेका छन्,‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ।’

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

कोरोनाका नाममा ब्रह्मलुट

खर्च विवरणमाथि सर्वसाधारणले आलोचना गरेपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै ९५ थान नभई ९५ कार्टुन साबुनको विवरण हुनुपर्नेमा प्रिन्ट मिस्टेक भएको बताए । तर पछि किनिएको साबुनको मूल्य पनि प्रतिगोटा २ सय ९९ रुपैयाँ देखाइएको छ ।

संक्रमणको नयाँ हटस्पट बन्यो सिरहा

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा संक्रमण दर उच्च बन्दै

मंगलबार प्रदेश २ मा ४९ जना नयाँ संक्रमित थपिँदा ४० जना सिरहामै थपिएका छन्। भदौ २३ देखि हालसम्मको दुई सातामा यस जिल्लामा ६ सय ५८ जना नयाँ संक्रमित थपिएका छन्।

आइसोलेसन केन्द्र बन्यो सिरहा कारागार

जिल्ला कारागार सिरहाका ५ सय ९७ कैदीबन्दीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त कारागारमा बुधबार एकै दिन २ सय ५९ जना संक्रमित थपिएका थिए। संक्रमित कैदीबन्दीको संख्या ठूलो भएपछि अहिले सिंगै कारागारलाई आइसोलेसन केन्द्र बनाइएको छ। कारागारकी निमित्त प्रमुख बबिता महतोका अनुसार पहिले कारागार कम्पाउन्ड अघिल्तिरका तीन कोठालाई मात्र आइसोलेसन बनाइएको थियो। अहिले करिबकरिब सबै कैदीबन्दी संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन बनाइएको हो।

कारागारमै कोचिए संक्रमित कैदीबन्दी

जिल्ला कारागार सिरहाका ८१ जना कैलीबन्दीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ। संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारकै केही कोठामा कोचेर राखिएको छ। शुक्रबार जिल्ला कारारगार सिरहाका १९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भयो। १७ जना महिला र दुई जना आश्रित बालबालिकामा संक्रमण पुष्टि भएको हो।

सिरहामा डिजे बजाउन प्रशासनको रोक

मधेसको गाउँ-सहरमा बढ्दो डीजे बाजालाई (चर्को आवाजमा बजाइने बाजा) स्थानीय प्रशासनले नियन्त्रण गर्न थालेको छ। बिवाह, पर्वलगायमा मनोरञ्जनको आडमा बजाइने डिजे बाजाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपछि प्रशासन नियन्त्रण अभियान सुरु गरेको छ।

अशान्त सिरहा शान्त बन्दै

शान्तिसुरक्षा कायम गर्न प्रहरीले चलाएको अभियानबाट विभिन्न घटनामा संलग्न भई फरार भएका र समाजमा त्रास फैलाउँदै हिँड्ने धमाधम पक्राउ पर्न थालेको सर्वसाधारण बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्