१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिरहामा डिजे बजाउन प्रशासनको रोक

चर्को आवजमा बजाइने डिजे बाजा नियन्त्रणमा लिँदै प्रहरी । तस्बिरःमिथिलेश/नागरिक

लहान- मधेसको गाउँ-सहरमा बढ्दो डीजे बाजालाई (चर्को आवाजमा बजाइने बाजा) स्थानीय प्रशासनले नियन्त्रण गर्न थालेको छ।  बिवाह, पर्वलगायमा मनोरञ्जनको आडमा बजाइने डिजे बाजाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपछि प्रशासन नियन्त्रण अभियान सुरु गरेको छ।

उत्सवहरुमा चर्को आवाजमा बजाइने डिजे बाजाका कारण मानिसको शान्तिपूर्ण रुपमा बस्न पाउने अधिकारको हनन् हुने, विद्यार्थीहरुको पठनपाठनमा अवरोध पुग्ने भएकोले नियन्त्रण अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

स्थानीय प्रशासनको निर्णय उल्लंघन गरी डिजे बाजा बजाएको पाइए जफत गरि कानुनी कारबाही अघि बढाइएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए। ट्र्याक्टर, पिकअप जीपलगायतका सवारी साधनको पछाडी डिजे बाजा राखेर बजाउँदै गरेको पाइएपछि प्रहरीले सवारी नियन्त्रणमा लिएर डिजे बाजा जफत गरिरहेको उनले बताए।  

सिरहा, लहान, कल्याणपुर लगायतका नगरपालिकाले डिजे बाजा बजाउन रोक लगाए पनि कार्यान्वयन भएको थिएन। प्रशासनले सूचना जारी गरेर प्रहरी मार्फत नियन्त्रण अभियान चलाएपछि सिरहाबासी चयनको सास फेर्न पाएका छन्। गीत बजाउन नपाइने होइन प्रजिअ अधिकारीले भने,‘डीजे बाजाको चर्को आवाजले ध्वनि प्रदूषणसँगै वातावरण र मानवीय स्वास्थ्यमा असर पर्छ।’ आम मानिसको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि यो निर्णय गरिएको उनले बताए।’

‘मौलिक संस्कृतिलाई जोगाउँदै विकृति नबढ्ने खालका वातावरणमा मनोरञ्जनात्मक कार्य गर्न रोक छैन,’ उनले भने, ‘डीजे बाजा अश्लील गीतले समाजमा नकारात्मक असर परिरहेकाले रोक लगाइएको छ।’

 

प्रकाशित: २० फाल्गुन २०७६ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App