१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सिरहाका मालपोत प्रमुख पाँच लाख घुस सहित पक्राउ

जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुस रकम सहित पक्राउ परेका छन्। सेवाग्राहीसँग १० दिनदेखि रकममा वार्गेनिङ गरिरहेको उजुरीका आधारमा उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

लागुऔषधसहित युवक पक्राउ

सिरहाको सीमावर्ती बरियारपट्टी नाकाबाट प्रहरीले लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबाजार नगरपालिका– ४ का १९ वर्षीय विजय कुमार यादव छन्।

चाँदीसहित एक जना पक्राउ

सीमावर्ती बरियारपट्टी नाका क्षेत्रबाट प्रहरीले चाँदीका तयारी गहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मोरङ रँगेली– ९ का २५ वर्षीय उमेश विश्वकर्मालाई रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

सिराहमा चाडपर्व लक्षित सुरक्षा योजना

चाडपर्वलाई लक्ष्य गरी सिरहामा सोमबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ। विजयादशमी, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालयले सुरक्षाको विशेष कार्ययोजना लागू गरेको हो।

सवा दुईलाख रकमसहित पाँच जुवाडे पक्राउ

सिरहाको सुखिपुर नगरपालिका ८ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास लक्षित अभियान अन्तर्गत सुखिपुर बजरमै सञ्चालित विकास होटल एन्ड कोल्ड सेन्टरबाट आइतबार राती पाँचजनालाई जुवातास, नगदसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

अपराधको जालो तोड्दै सिरहा प्रहरी, चोरी गर्ने ३ जना पक्राउ, ४४ थान मोबाइल बरामद

गोलबजार नगरपालिका ४ स्थित राजु इन्टरप्राइजेज (मोबाइल पसल) बाट मोबाइल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। अर्नामा गाउँपालिका ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडा ब्रहम्पुरी टोलका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतोलाई आइतबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

रिभल्वरसहित मानिस पक्राउ

सिरहा प्रहरीले बिष्णुपुर गाउँपालिका -४ थलहाबाट रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ३० वर्षिय कृष्ण यादव रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

भारततर्फ मदिरा तस्करी गर्ने एक पक्राउ

सिरहा नगरपालिका १५ बुधौरा नाकाबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एक जनालाई पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये ४० वर्षीय बलराम यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

प्रशासनको छड्के निरीक्षणः ३ कार्यालय प्रमुख र १५ अधिकृतसहित ७७ कर्मचारी अनुपस्थित

जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको आकस्मिक निरीक्षण गरेको छ। निरीक्षणका क्रममा १३ वटा कार्यालयका ३ प्रमुख १ उपसचिव १५ अधिकृतसहित ७७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

छुटाछुट्टै घटनामा तीन जनाको मृत्यु

मंगलबार सिरहामा छुटाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। तीन घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो खेतमा कोदालोले खेत सम्याइरहेका अर्नामा गाउँपालिका–३ का २२ वर्षीया बिजुली महराको चट्याङ लागेर मृत्यु भएको छ।

सुकुमबासी बस्तीको सदाबहार बाढी दु:खान्त (भिडियो)

कमलानदीको पूर्वी सिँचाई नहर प्रणाली र कमलानदीको बीचमा लहरै छाप्रोहरु छन्। पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी गहिँरो सार्वजनिक जग्गामा रहेका एउटा छाप्रोमा उद्ध्व राईको सात परिवार बस्दै आएका छन्। ०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट बिस्थापित भएर पूर्वपश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमलानदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उनी परिवारसहित सडकमा आएका हुन्।

बाढीले बगाएर एक बेपत्ता

सिरहाको कल्याणपुर नगरपालिका ६ भोक्राहाका एकजना कमला नदीको बाढीमा बगेर बेपत्ता भएका छन्। कमला नदीको बीच भागमा रहेको नाउ किनारा लगाउन गएका कामेश्वर यादवलाई बाढीले बगाएर बेपता बनाएको हो।

रुखमा चढेर गुहार मागेका मुखियाको १२ घण्टापछि उद्धार

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित कमला नदीको बीच भागमा १२ घण्टादेखि रुख चढेर उद्धारका लागि गुहार गरिरहेका बिद्रु मुखियाको केहि समयअघि उद्धार गरिएको छ। वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले नाउको सहाराले मुखियाको उद्धार गरेका हुन।

गाँजासहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

इँटाभट्टाले फाल्ने धुवाँको ‘कुहिरो’मा जनता

सिरहा नगरपालिकाको पूर्व–दक्षिणमा पर्छ सुखचैना गाउँ। यो गाउँभन्दा पश्चिममा नवटोली (मुस्लिम बस्ती) र माडर गाउँ छन्। उत्तरमा नवटोली (धानुक टोल) र मुसहरी बस्ती। दक्षिणमा छ भारतीय सीमा। यही मानवबस्ती बीचमा अर्थात् सिरहा–१५ सुखचैना टोलमा सञ्चालित छ ऋषि इँटाभट्टा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्