१३ आश्विन २०८१ आइतबार
image/svg+xml

२४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा

सिरहा नगरपालिका–२२ हकपाडास्थित सरकारी जग्गा नापी तथा मालपोतका कर्मचारीसँगको मिलेमतोमा स्थानीय रामदयाल महतोले निजी नम्बरी बनाएको पाइएको छ। तत्कालीन हकपारा गाविस–९, बठिंयास्थित सरकारको नाममा स्रेस्ता कायम रहेको कित्ता नम्बर ८१ को १४ कठ्ठा जग्गामा महतोले आफ्नो स्रेस्ता कायम गराएका हुन्।

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन्। सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो।

ज्वाइँ र सम्धिनीले छोरी जलाएको माइती पक्षको आरोप

सिरहाको कल्याणपुर नगरपालिका–८ औरँग टोलकी २० वर्षीया कञ्चन मण्डल(खत्बे)लाई शरिरमा मट्टीतेल खन्याएर आगो लगाइ जलाइएको छ। सासू र श्रीमान मिलेर आफूमाथि मट्टीतेल खन्याएर आगो लगाइदिएको माइति पक्षको आरोप छ।

सरकारी अस्पतालको हालतः न डाक्टर, न औषधि

भव्य भवनभित्र फराकिलो प्रतीक्षालय। प्रतीक्षालयमा लहरै बसेका बिरामी र तिनका आफन्त। त्यही लहरमा पुर्जा हातमा लिएर डाक्टरलाई पर्खी बसेकी रिंकु कमारी यादव।यादव जिल्ला अस्पताल सिरहामा नियमित गर्भ जाँचको क्रममा आएकी हुन्।

भारतद्वारा सिराहामा २५ शैय्याको प्रसूति अस्पताल निर्माण

भारतले सिराहामा निर्माण गरेको २५ शैय्याको चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरिएको छ। बुधबार भारतीय राजदूत मञ्जिभसिंह पुरी, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले विभिन्न राजनीतिक दलका नेता तथा सामुदायिक अगुवा एवम् स्थानीयको उपस्थितिमा अस्पतालको उद्घाटन गरेका हुन्। सीता चन्द्रनारायण यादव मेमोरियल ट्रस्टकी अध्यक्ष पनि हुन्।

आगलागीमा परी दुई बालिकासहित तीन जनाको मृत्यु

शनिबार दिउँसो सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परी दुई बालिका र एक महिलाको मृत्यु भएको छ।  धनगढीमाई नगरपालिका–१४ अमिलटार स्थित दीपक धमलाको घरमा भएको आगलागीमा परी उनकी ६ वर्षिया छोरी दीक्षा धमला र छिमेकी नित्यराज पोखरेलकी ७ वर्षिया छोरी रितु पोखरेलको मृत्यु भएको हो।

झुक्याएर भारत पुर्‍याई हत्या

सिरहाको धनगढीमाई नगरपालिका–६ मोथियाही गाउँका एक युवकलाई चिनजानकै व्यक्तिले झुक्याएर भारत लगि हत्या गरेको खुलेको छ। १७ वर्षीय सुभाष यादवको भारतमा लगि गोली हानी हत्या गरिएको हो।

ठूलो परिमाणमा लागुऔषध सहित ६ जना पक्राउ

सिरहा नगरपालिका –१७ पटेर्वाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका –२ का १९ वर्षिय बब्लु कुमार यादव छन्।

लहानमा बस दुर्घटना, ३१ यात्रु घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ४ मा शुक्रबार यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। जसमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ।

सिरहामा प्रहरीले गाेली चलायाे, एकजना पेस्ताेल सहित पक्राउ

सिरहा नगरपालिका–२१ सुखचैनामा प्रहरीले हतियारधारी युवामाथि गोली प्रहार गरेको छ। प्रहरीले चलाएको गोली लागि सिरहा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन्। उनको दायाँ हातमा गोली लागेको छ।

वडाध्यक्षको सिफारिसमा दलित बस्ती बिक्री !

सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ। १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो।

पेस्तोल देखाएर लुटपाट

कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। विहीबार विहान हतियारधारी डाँकाको समुहले स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल लुटेका छन्।

सरकार असफल भए परिवर्तनको प्रक्रिया नै असफल हुन्छ : रक्षामन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार असफल बनाउन विभिन्न कोणबाट षड्यन्त्र भैरहेको बताएका छन्। 'सरकार असफल बनाउने षड्यन्त्र हुँदैछ, यो सरकार असफल भए परिवर्तनको प्रक्रिया नै असफल हुन्छ' उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्